अबैध सामान बरामद
आइतबार, जेठ ०६, २०८१ मा प्रकाशित

बर्दिया,जेठ ६(फरकसमाचार)/ जिल्लाको विभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको छ । प्रहरीले बुधबार र बिहीबार लगातार विभिन्न स्थानबाट अबैध सामान बरामद गरेको हो ।

गुलरिया नगरपालिका–३ स्थितबाट मुल्य रु ५७ हजार ३ सय ३६ बराबरको अबैध सामान प्रहरीले बुधबार बरामद गरेको छ । बरामद सामानमा २ बोरा युरिया मल,मोहनी दालमोट १ बोरा,बिडी २५ पोका र सामान बोक्न प्रयोग गरिएको भे ४ प ३२५५ नंम्बरको मोटरसाइकल रहेको छ । बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट मुल्य रु ४ हजार ५ सय ७० बराबरको माउन्टेन ड्यु, बिडी, गुट्खा र भेली प्रहरीले बिहीबार बरामद गरेको छ ।

त्यसैगरि गुलरिया नगरपालिका–११ बाईपास रोड स्थितबाट मुल्य रु ७ हजार ५ सय बराबरको तामाको थाल र टिफिन बक्स ३५ वटा फेला परेको छ । मधुवन नगरपालिका–४ बाँदर भरिया स्थितबाट मुल्य रु ३१ हजार २० बराबरको ७० पोका सुर्ति, १ सय १५ पोका बिडी र ४८ किलोग्राम बिडी बरामद भएको छ ।

बरामद सामान भारतबाट भन्सार छली अबैध रुपमा ल्याईएको प्रहरीको दाबी छ । बरामद सामान आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर