‘रगत दिदा स्वास्थ्यमा प्रतिकुल असर पार्दैन, झन् स्वास्थ्य राम्रो हुन्छ’
शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित

बर्दिया,जेठ ३२(फरकसमाचार) / ‘रक्त दान नै जिवन दान हो’ भन्ने उक्ति सचेतना नहुँदा चरितार्थ हुन सकेको छैन । जसले रगत दिएर जिवन बचाउँछ भन्ने भावनाको विकास नहुँदा समाचार माध्यममा रगत अभाव समाचार प्रकासित गर्न परेको तितो यर्थाथ हो । बिहिबार फरक समाचारको फेसबुक वालमा रगत अभावमा ज्यान जोखिम पर्न नदिन सहयोगको अपिल गरिएको थियो ।

गुलरिया नगरपालिका– ४ बस्ने २८ बर्षिय साबित्रि गोडियाले दोस्रो पटक बच्चा जन्माउँदा कमजोर सुत्केरीलाई आवश्यक रगत जोहो गर्न हम्मे हम्मे भयो । सचेतनाको अभावले सर्वसाधारणले रक्तदान गर्न नमानेको चिकित्सक तर्क गर्छन् । गोडियालाई तीन जना महान् व्यक्तिहरुले रगत दिएका छन् । बर्दिया अस्पताल फार्मेसी शाखामा कार्यरत बिशाल अधिकारी, सशस्त्र प्रहरी बल नेपाल नंम्बर ३१ गण सुरजपुरमा कार्यरत सन्तोष बलायर र मधुवन नगरपालिका–४ का सुदिप लामिछानेले एक/एक पिन्ट गोडियालाई रक्तदान गरेका छन् ।

त्यसैगरि एक पिन्ट रगत उपलब्ध गराएको लारी रक्त संचार सेवा केन्द्रकी ल्याब असिस्टेन्ट सावित्री चौधरीले जनाईन् । गोडियालाई ४ पिन्टको जुगाड भईसकेको छ । अब गोडियालाई करिब दुई तीन पिन्ट ‘ए’ पोजेटिभ रगतको आवश्यकता रहेको छ । इच्छुक व्यक्तिले गोडियालाई रक्तदान गरेर मानविय धर्म निभाउन सकिन्छ ।

सुत्केरी गोडियालाई ६ पिन्ट ‘ए’पोजेटिभ रगतको आवश्यक परेको छ । रगतको अभावमा बल्लतल्ल सुत्केरी भएकी गोडिया बर्दिया अस्पतालमा उपचाररत छिन् । गोडियालाई के कारणले रगतको कमी भएको हो पत्ता लगाउन चिकित्सक चेक जाँचमा जुटेका छन् ।
पछिल्लो समयमा बर्दिया अस्पतालमा आउने बिरामीहरुलाई रगतको अभाव खड्किएको पाईन्छ । कतिपय अवस्थामा मिल्दो समुहको रगत रक्त संकलन केन्द्रमा उपलब्ध हुन्छ त कतिपय अवस्थामा दाताहरुसंग जोहो गर्नु पर्ने अवस्था देखिएको छ । बुझ्नेले सजिलै रगत दिएको पाइएको छ । तर नबुझ्नेले रगत दिनबाट भाग्ने गरेको चिकित्सकको भनाई छ ।

प्रत्येक चार/चार महिनामा रक्तदान गर्दा राम्रो

स्वस्थ मानिसले प्रत्येक चार चार महिनामा रगत दिदा दाता स्वस्थ रहने बर्दिया अस्पतालका कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट डा.दिपेन्द्र महासेठले बताए । ‘तर सचेतनाको अभावले अधिकांश व्यक्तिहरु रगत दिदैनन्,’डा.महासेठले भने,‘कतिपय बिरामीका आफन्तले नै रगत दिनबाट पंछिएको अवस्था छ ।’ अस्ति आफ्नै बिरामी बुवालाई छोराले रगत दिन नमानेपछि आफैले दिएको सुनाए ।

‘बिरामीको अवस्था एकदमै नाजुक थियो,’ डा.महासेठले भने,‘बिरामीलाई बचाउन रगत दिए ।’ सामान्य मानिसको शरीरमा ७० मिलीलिटर पर किलोग्रामका दरले रगत हुन्छ । स्वस्थ्य मानिसको शरीरमा करिब ५ देखि ६ लिटरसम्म रगत हुन्छ । एक पिन्ट रगत दिदाँ केही असर पर्दैैन । रक्तदान गर्दा क्षणिक रुपमा प्रेसर बढ्ने र रिगटा लाग्ने जस्तो समस्या देखिन्छ तर जुस पानी खाएपछि सामान्य हुने डा. महासेठको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय