हावाहुरीको बितण्डा : पाँच घाईते, अधिकांश घर छाना बिहिन
शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित

बर्दिया, असार ७(फरकसमाचार)/ बुधबार राती आएको हावाहुरीले अधिकांशलाई घरलाई छाना बिहिन बनाएको छ । राती ९ बजे आएको हावाहुरीले पाँच जना घाईते भएका छन् भने अधिकांश घरमा क्षति पुगेको छ ।

प्रहरीका अनुसार हावाहुरीले गुलरिया नगरपालिका–७ र ८ का अधिकांश कच्ची घरमा क्षति पुगेको छ । गुलरिया गाउँ, चौगुर्जी, बद्ल्लुपुरलगायतका गाउँका कच्ची घरमा क्षति पुगेको छ । हावाहुरीले अधिकांश घरको जस्ताको पाता उडाएको छ । त्यसैगरि भयानक हावाहुरीले विद्युत पोल, तार, बिरुवा ढालेको छ ।

गुलरिया नगरपालिका–७ चौगुर्जीका ७२ वर्षिय पलिराम गोडिया बजारबाट घर फर्किने क्रममा हावाहुरीले लडाएर अनुहार र पेटमा चोट लागेको थियो । घरको बरण्डाको पर्खाल भत्किदा गुलरिया नगरपालिका –७ की ७१ वर्षिय जावना धोबीको बाया खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । बरण्डाको पिलर भत्किन गई ५५ वर्षिय आशकल धोबीको बाया हातमा चोट लागेको छ ।

छानाको टायल खसेर २३ वर्षिय माधुरी लोधको हातमा चोट लागेको हो । त्यसैगरि बजारबाट घर फर्किने क्रममा हावाहुरीले गर्दा फलामको रडले पेट र बाया आखा माथि चोट लागेको थियो । सामान्य उपचारपछि घाईतेहरु घर फर्किएको प्रहरीले जनाएको छ । गुलरिया ७ का चुन्नु नाउँको घरको जस्ताको पाताले च्यापिएर एउटा बाख्रा मरेको छ । क्षतिको विवतरण संकलन भईरहेको प्रहरीले जनाएको छ ।

हावाहुरीले ७० बढी विद्युत पोल र चार चुडाएको गुलरिया वितरण केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिए । गुलरिया बजार क्षेत्रमा बिहीबार दिउसोबाट विद्युत् आपुर्ति भएपनि गाउँतिर अझै सुचारु हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय