‘भारतीयको धम्कीको सामाना गर्दै सिमावासी नेपाली’
आइतबार, असार १०, २०८१ मा प्रकाशित

बर्दिया,असार ९/ भारतीय वनरक्षकले असार १ गते शनिबार नियन्त्रणमा लिएर दुई दिन बेपत्ता पारेर खुट्टा भाचिएको अवस्थामा गुनपा ९ का खगेन्द्र सुनारको रिहाई गराउँने सीमाबासी नेपालीलाई भारतीयको जतिबेला जे पनि गर्न सक्ने धम्कीको सामना गर्न परेको छ ।
पचास हजार रुपैया बुझाउँने सर्तमा खगेन्द्रलाई रिहा गराएका नेपालीलाई भारतीय वनरक्षक अनिलले फोन मार्फत धम्काईरहेको खुलेको छ । भारतीयलाई पैसा नबुझाए गोली ठोक्ने जस्ता धम्कीको सामाना नेपालीले गर्न परिरहेको खुलासा भएको छ ।

भारतीय वनरक्षक अनिलको नेतृत्वको टोलीले सीमाबासी खगेन्द्रलाई मरणासन्न हुने गरी कुटपिट गरेर रिहाई गर्दा पचास हजार बुझाउँनु पर्ने सर्त राखेका थिए । बिपन्नताको कारण भारतीयलाई बुझाउँनु पर्ने घाईते खगेन्द्रका परिवारले पैसा जोहो गर्न नसक्दा सीमाबासी दिन रात त्रासमा बाच्नु परेको छ । सीमाबासीको भारतमा समेत नाता गोता भएकाले आवागमन गर्न पर्ने बाध्यताले जिउ ज्यानको सुरक्षामा जोखिम रहेको पिडितको भनाई छ ।

उता,भारतीय कुटाईबाट खुट्टा भाचिएको खगेन्द्रको थप उपचार हुन सकेको छैन । खुट्टाको अप्रेशन गर्न एक देखि डेढ लाखसम्म लाग्छ भनेपछि घाईते मलम पट्टिको भरमा घरमा बसिरहेका छन् ।

बिगत देखिनै भारतीय नेपाली भूमिमा आएर मानिस नियन्त्रणमा लिने र बिभिन्न झुटा आरोपमा जेल पठाउँने र रकम असुल्ने गतिबिधि निरन्तरता भारतीयले दिईरहेका छन् । पछिल्लो समय प्रहरी र प्रशासनले सीमावर्ती नागरीकलाई सुरक्षाको प्रत्याभुति गराउँन नसकेको गुनासो छ । ‘सीमावर्तीमा प्रहरीले गस्ती पठाए पनि हामी सुत्न पाउँथ्यौ,’उनले भने,‘प्रहरी घटना भए मात्र सीमा क्षेत्रमा पुग्ने हुनाले हामी सधै भारतीयको त्रासमा बाच्नु पर्छ ।’

‘भारतीयहरु जति बेला आएर घरबाटै उठाएर लैजान सक्छन्’पिडित घाईते खगेन्द्रकि आमा कलावति भनिन्‘भारतीयको आक्रमणको त्रासमा गाउँले रातभरी जाग्राम बस्नु पर्ने स्थितिको सिर्जना भयो ।’ छोराको थप उपचार गाराउँन नसक्दा चिन्तित भएको उनले सुनाईन ।
सीमावर्ती गाउँबाट भारतीयले बेपत्ता बनाएका ५० बढि बहराईच स्थित कारागारमा जेलजिवन बिताईरहेका छन् । जेलजिवन बिताएका अधिकांश काठ तस्करी, वन्यजन्तु अपराध र चरश तस्करी मुद्दा आरोपी हुन् ।

तर बिपन्नताका कारण र कानुनी अनभिज्ञता कारण बर्षो अघि देखि कारागारमा रहेका नेपालीको उद्धारको पहल राज्य पक्षले नगरेको गुनासो छ । भारतीय एसएसबिसँगको समन्वयमा नेपालीको संरक्षण सशस्त्र प्रहरी काम गरिरहेको ३१ नम्बर गण सशस्त्र प्रहरी बलका एसपी चित्राङ्ग दाहालले बताए । ‘भारतीय सशस्त्र बलको समन्वयमा राम्रा काम पनि भएका छन्’उनले भने,‘भारतीय वन रक्षकका टोलीले बेला बेलामा अराजक गतिबिधि गरिरहेका छन् ।’ निकुन्ज र वन डिभिजन कार्यालयले उच्च पदाधिकारीको समन्वयमा सीमामा भारतीय अराजक गतिबिधि रोक्न समन्वय गर्ने पर्ने स्थानीयको माग छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय