पालिका स्तरिय निति तथा कार्यक्रम धमाधम
आइतबार, असार १०, २०८१ मा प्रकाशित

बर्दिया, असार ९ (फरकसमाचार)/ नगर सभाका लागि पालिका स्तरिय निति तथा प्रस्तुत कार्यक्रम अघि बढेको छ । आगामी बजेटका लागि निति तथा कार्यक्रम प्रस्तुत गरेसँगै नगरपालिकाले नगर सभा मार्फत बजेट पास गर्ने भएको तयारी छ । हामीलाई जानकारी प्राप्त अनुसार जिल्लाको ८ वटा पालिकाले यसै साता नगर परिषद सक्दैछन् ।

नगरपालिका स्तरिय निति तथा कार्यक्रम परम्परागत शैलिमा बजेट प्रस्तुत गर्दै पालिकास्तरिय सभा वा नगर परिषद धमाधम सम्पन्न गर्ने तयारी छ । अधिकांशले निति तथा कार्यक्रम प्रस्तुत गरेपछि अधिकांशले एक दिनमा सभा सम्पन्न गर्ने गर्दछन् । एक दिनमा नगर सभा सक्ने तयारीमा पालिकाका जनप्रतिनिधिको तयारी छ ।

नगर सभाले गैर सरकारी संस्थालाई अनुदान दिएर समुदाय लाभान्वित गर्ने उदेश्यले पालिकाले गरिरहेको बजेटमा अनियमियता भईरहेको आरोप त्यस्ता पालिकाले खेपिरहेको छ । गैर सरकारी संस्था मार्फत समुदायमा जाने भनिएपनि त्यस्ता बजेट चोर बाटोबाट नगरपालिकाका जनप्रतिनिधिमा खल्तिमा पुगिरहेकोमा स्थानीयको आंशका व्याप्त छ ।

पालिकाले अनुमानित बजेट बिनियोजन गरी नगर परिषद सम्पन्न भएको घोषणा गर्ने परम्परागत चलन हो । सामाजिक संजालमा प्राप्त भएको सुचनाले बारबर्दिया, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ । वन्यजन्तु नियन्त्रण रोकथाम, लक्षित बर्ग, सडक पूर्वाधार लगायतमा बजेट बिनियोजन गरि निति तथा कार्यक्रम तयार गरेको पाईएको छ । त्यहि अनुरुप नै नगर सभाले बजेट पास गर्ने छ ।

जिल्लाको साझा समस्या बाढी, वन्यजन्तु समस्यालाई निति तथा कार्यक्रममा प्राथमिकता दिएर बजेट प्रस्तुत भएको छ । निति तथा कार्यक्रमको पूर्णपाठ पालिकाको वेव साईडमा नराखेकाले पालिकाले कस्ता योजना अघि बढाएको बिषयमा अन्यौल छ । जिल्ला भएर बग्ने कणाली र बबई नदीमा बर्खाको समयमा भत्केका सडक पूर्वाधारमा अधिकांशले बजेट बिनियोजन गरेको देखिन्छ । बजेट प्रस्तुत बन्द कोठामा गरिएकाले नगरबासीका चाहना अनुरुप अनुमानित बजेट प्रस्तुतमा गोलमोटल हुनेमा स्थानीय चिन्तित छन् ।

बाढीले अधिकांश सडकमा क्षति पुराएकाले सडक स्तरउन्नतिका लागी बढि बजेट खर्च हुने देखिन्छ । संभावना भएको भन्दै कृषिलाई व्यबसायीकरण गर्ने, औद्योगिककरण, पर्यटन विकास र सडक निर्माण गर्ने र क्रमागत योजना पुरा गर्ने कामलाई प्राथमिकता राखी वजेट प्रस्तुत हुने अनुमान छ । विनियोजन वजेटलाई शिर्षक आय र व्ययको स्पस्ष्टता हुन पर्ने माग छ । २०८१/८२ का बजेट निति तथा कार्यक्रम तयार पार्दा स्वायत्त शासन ऐन, नियमावलि, कार्यविधिको अधिनमा रहेर योजना तर्जुमा नगरे चर्को बिरोध गर्ने एक पक्षको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय