चोरीमा संलग्न युवक पक्राउ
सोमबार, असार ११, २०८१ मा प्रकाशित

बर्दिया,असार १०(फरकसमाचार) / चोरीमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गेरुवा गाउँपालिका–५ झबहीका २० वर्षिय रुपेश मल्ललाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेका थारुले आइतबार राजापुर नगरपालिका–२ नयाँ गाउँकी सिमा थारुको पक्की घरको आलमुनियमको झ्याल खोली घरमा पसी कोठामा रहेको काठको दराजको ताल्चा फोडेर दराज भित्र रहेको नगद चोरी गरेका छन् । दराज भित्र रहेको नगद रु १ लाख ५० हजार चोरी गरि थारु भागेका थिए ।

भाग्ने क्रममा स्थानीयले थारुलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । थारुको साथबाट नगद रु ७८ हजार, हसिया, चक्कु, लाईटर र टेक्नो मोबाईल फेला परेको प्रहरीले जनाएको छ । चोरीमा संलग्न अन्य व्यक्तिहरुको खोजी भईरहेको र चोरी सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय