चट्याङ लागेर बर्दियामा एकको मृत्यु
मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित

बर्दिया,असार ११(फरकसमाचार)/ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरका २२ वर्षिय रोहित थारुको सोमबार मृत्यु भएको हो ।

सोमबार बिहान करिब ७ बजे नयाँ गाउँ स्थित आफ्नै खेत जोति रहेको अवस्थामा चट्याङ लागेर थारु घाईते भएका थिए । घाईते थारुलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र राजापुर पु¥याईएको थियो ।

उपचारको क्रममा थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय