लागु औषधसहित एकैदिन तीन पक्राउ
मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित

बर्दिया,असार ११(फरकसमाचार)/ लागु औषधसहित एकैदिन तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा श्रीमान श्रीमतिसहित अन्य एक जना रहेका छन् । लागु औषध नियन्त्रण व्युरो नेपालगंज र बर्दिया प्रहरीको संयुक्त टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो । बारबर्दिया नगरपालिका–३ लक्ष्मणपुर स्थितबाट श्रीमान श्रीमतिलाई लागु औषधसहित आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

बारबर्दिया नगरपालिका–३ लक्ष्मणपुरका २७ वर्षिय उमेश खत्री र उनकी श्रमति २५ वर्षिय अनिता खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले खत्रीको घरमा खानतलासी गर्दा भान्सा कोठाको झ्यालमा ज्याई स्किन फ्रुट्सको बट्टा भित्र लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ब्राउन सुगर फेला परेको छ ।

प्रहरीका अनुसार १० दशमलव ८ सय ८० ग्राम लागु औषध, डिजिटल तराजु एक थान र नगद रु १२ हजार ९ सय ६० फेला परेको छ । त्यसैगरि सोही दिन मधुवन नगरपालिका–७ का ३२ वर्षिय धिरज कुमार चौधरीलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ ।

प्रहरीले चौधरीको साथबाट ९ पुरिया ८ ग्राम २० मिलीग्राम लागु औषध ब्राउनसुगर बरामद गरेको छ । तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय