आठ पालिकामा करिब नौ अर्ब बजेट विनियोजन
मङ्गलबार, असार १२, २०८१ मा प्रकाशित

बर्दिया, असार ११ (फरकसमाचार)/ असार १० गतेसम्म नगर सभा सम्पन्न गर्ने प्रावधान रहेको छ । उक्त प्रावधान अनुसार जिल्लाका आठ वटै पालिकामा सोमबारसम्म धमाधम नगर सभा सम्पन्न भएका हुन् । जिल्लाकाको आठ वटै पालिकामा करिब नौ अर्ब बजेट विनियोजन भएको आँकलन छ । कुनै पालिकामा एक अर्ब भन्दा कम त कुनैमा बढी रहेको आँकलन छ ।

अधिकांश पालिकाले वेबसाइडमा नीति तथा कार्यक्रम र बजेट नराख्दा वास्तविक के कति बजेट विनियोजन भएको एकिन भएको छैन । अहिले नगर सभामा पालिकाहरुले एक मुष्ट बजेट छुट्याएका छन् ।

शिर्षक वाईज बजेट अहिले खुलाईएको छैन । यद्यपि कुन शिर्षकमा कति बजेट खुलेको छैन । सामाजिक संजालमार्फत प्राप्त जानकारी अनुसार बढैयाताल गाउँपालिकाले आगामी वर्षको लागि अनुमानित आय व्यय रु ८७ करोड ६५ लाख, राजापुर नगरपालिकाले १ अर्ब १६ करोड ७६ लाख ३ हजार र गुलरिया नगरपालिकाले १ अर्ब ७८ लाख ३८ हजार विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय