अबैध सामान बरामद
शुक्रबार, असार १५, २०८१ मा प्रकाशित

बर्दिया,असार १४(फरकसमाचार)/ जिल्लाको विभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छली ल्याएको अबैध सामान प्रहरीले बरामद गरेको हो । गुलरिया नगरपालिका–३ कट्टी स्थितबाट ४ बोरा डिएपी मल प्रहरीले बुधबार बरामद गरेको हो । प्रहरीका अनुसार बरामद मलको मुल्य रु १० हजार बराबर छ ।

गुलरिया नगरपालिका–११ स्थितबाट बिहीबार प्रहरीले २० किलोग्राम मह फेला पारेको छ । त्यसैगरि मधुवन नगरपालिका–५ गाउँ नंम्बर ११ स्थितबाट सुपर पावर ५ पोका र पानीपुरी ७ पोका फेला परेको प्रहरीले जनाएको छ ।

बरामद सामान भारतबाट अबैध रुपमा ल्याएको प्रहरीको दावी छ । बरामद सामान राजापुर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय