मानव अधिकारकर्मीलाई क्षमता अभिवृद्धि तालिम
शुक्रबार, असार १५, २०८१ मा प्रकाशित

बर्दिया,असार १४(फरकसमाचार)/ मानव अधिकारकर्मीलाई इन्सेकले क्षमता अभिवृछि तालिम दिएको छ । मानव अधिकार सम्बन्धि काम गर्ने संघ संस्था र समुहका पदाधिकारीलाई बिहीबार इन्सेकले नेपालगंजमा तालिम दिएको हो । मानव अधिकार उल्लंघनका घटना घटे स्थलगत अध्ययन किन र कसरी गर्ने उदेश्यले तालिम दिईएको हो ।

लुम्बिनी प्रदेशका बाँके, बर्दिया, कपिलवस्तु र दाङका मानव अधिकारकर्मीलाई कार्यक्रममा सहभागीता गराईएको इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले बताए । इन्सेकले विगत लामो समयदेखि मानव अधिकार उल्लंघनका घटना संकलन गरि वार्षिक पुस्तक निकालिरहेको सुनाए । मानव अधिकार उल्लंघनका घटना घट्दा त्यसको स्थलगत अध्ययन किन र कसरी गर्ने यस कार्यक्रमले स्पष्ट पार्ने संयोजक महतले विश्वास व्यक्त गरे ।

मानव अधिकार उल्लंघन घटनाको सत्य तथ्य पत्ता लगाउने, रिपोटिङ र अभिलेखिकरण कसरी गर्ने कार्यक्रमका सहभागीलाई बृहत जानकारी गराईएको छ ।

तालिममा मौलिक हक र कार्यान्वयनको अवस्था बारे बाँकेका अधिवक्ता लोक बहादुर शाहले प्रस्तुतीकरण गरेका थिए । त्यसैगरि मानव अधिकार उल्लंघन घटनाको स्थलगत अध्ययन र तथ्य संकलनको बारेमा प्रकाश उपाध्यायले प्रस्तुतीकरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय