अधिकांश सामुदायिक बिद्यालयको ‘सिंगल डिजिट’मा नतिजा
शुक्रबार, असार १५, २०८१ मा प्रकाशित

बर्दिया,असार १४(फरकसमाचार)/ जिल्ला स्थिति सम्पुर्ण सामुदायिक बिद्यालयका अभिभावकले सोचे अनुसार बिद्यार्थी सफल हुन सकेनन् । संस्थागत बिद्यालयका अभिभावकले चर्को शुल्क तिरेको नतिजा त्यस्तै गरि खस्क्यो । जिल्लाबाट सहभागि संस्थागत र निजि बिद्यालयका ६ हजार ६ सय ३ बिद्यार्थी मध्ये ५ हजार ७८ अनुर्तिण भए ।

जिल्लामा ‘ए’ प्लस जिपिए ल्याएउने विद्यार्थीको संख्या ८१, ‘ए’ ल्याउने २ सय ८७, ‘बि’प्लस ल्याउने ६ सय ४, ‘बि’ ल्याउने ४ सय ९९ र ‘सि’ प्लस जिपिए ल्याउने विद्यार्थीको संख्या ५४ रहेको छ ।

गुलरिया बाहिरका पालिकामा एसईई नितिजाको अवस्था एकदमै दयनिय रहेको प्रारम्भिक रुपमा जानकारी प्राप्त छ । ८ वटा पालिकाका सामुदायिक बिद्यालयको नतिजा खस्केको खुलेको छ । यस्तै दयनिय अवस्था अन्य पालिका नतिजामा देखिएको स्रोत बताउँछ ।
गुलरिया नगरपालिका भित्रका सामुदायिक बिद्यालयको बिहिबार सार्वजनिक भएको एसईईको रिजल्टमा डबल डिजिटमा रिजल्ट निकालेका बिद्यालयमा मध्येमा पर्छन,बगलामुखी र शम्भु शरण ।

बगलामुखीका १ सय २७ बिद्यार्थीमा ३८ जना बिद्यार्थी पास भए भने शम्भुशरणमा १ सय १० जनामा १२ जना पास भए । तर,गुलरियामा १० वटा सामुदायिक बिद्यालय प्रतिशतमा हेर्ने हो भने झन्डै १४ प्रतिशत मात्र पास भए । अन्य बिद्यालयले बिद्यार्थीका पास संख्यामा डबल डिजिट क्रस गर्न नसक्दा बिद्यालयको नेतृत्व नै असफल सावित भएको छ । सिरकोहिया र प्रयागपुर स्थित बिद्यालयका एक/एक जना बिद्यार्थी पास भए । जिल्लाको सदरमुकाममा रहेको महाकवि देवकोटाका तीन जना बिद्यार्थी पास गर्दा भने गुलरिया भित्रका माबि शिक्षकको नैतिकता र ईमानदारिता मार्थी प्रश्न चिन्ह खडा भएको छ ।

गुलरिया नगरपालिकाले शिक्षा सुधार्न भौतिक पूर्वाधार र बिद्यालयमा सेवा सुधार्न गरेको लगानी भने बालुवामा पानी हाले सरह भएको छ । गुलरिया भन्दा बढि दयनिय अवस्था अन्य पालिकाको देखिएको छ । पछिल्लो समय शिक्षा सुधार्न गरेको लगानी शिक्षकको लापरबाहीले बिद्यार्थीका पास संख्या घटेको चर्चा चलिरहेको छ । एसईईको तयारीको लागि कतिपय बिद्यालयका लागि होस्टल संचालन देखि टिउसन कोचिङ संचालन गर्न नगरपालिकाले खुकुलो गरेर शिक्षा सुर्धान गरेको पहल भने व्यर्थ गएको छ ।

डबल डिजिट निकालेका बिद्यालय पनि मख्ख पर्ने अवस्था छैन । निजि बिद्यालयका विद्यार्थीको सामुदायिक बिद्यालयमा आर्कषण बढेसँगै बाहिरबाट आएका ८ र ९ का बिद्यार्थीका कारण बढि पास संख्या आएको हुन सक्ने आँकलन छ । बिद्यालयले शिक्षा सुधार गर्न नसके नैतिक रुपमा राजिनामा दिन पर्ने शिक्षा शाखा प्रमुखहरुको भनाई छ । ‘यस्तो रिजल्ट मान्य छैन,’एक शिक्षा शाखा प्रमुख भन्छन,‘शिक्षा सुधार्न प्रतिबद्धता अनुरुप शिक्षकको अध्यापन नगराएको सावित भएको छ ।’

बिद्यालयमा शिक्षा सुर्धान नसक्ने शिक्षकले आत्मआलोचना गर्न पर्ने देखिन्छ । ८ वटा पालिकामा सामुदायिक बिद्यालय शिक्षा क्षेत्रमा फड्को मार्न नसक्दा चर्को आलोचना भईरहेको छ । पढाउँन अटेर गर्ने शिक्षकलाई पालिका स्तरिय शिक्षा शाखाले कारबाहीको तयारी तिब्र रुपमा बढाउँने भएको छ । बिद्यालयमा सुबिधा सम्पन्न भवन सहित डिजिटल सुबिधामा लगानी भएका सामुदायिक बिद्यालयको नतिजा खस्किएको देखेर चिन्तित भएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख सुर्य बहादुर खत्रिले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय