गुलरियामा मौवाको विरुवा रोपेर बृक्षारोपण दिवस मनाईयो
शनिबार, असार १६, २०८१ मा प्रकाशित

बर्दिया,असार १५(फरकसमाचार)/ गुलरिया नगरपालिका–५ वालापुर स्थित लोपोन्मुख मौवाको विरुवा रोपेर राष्ट्रिय बृक्षारोपण दिवस मनाईएको छ । डिभिजन वन कार्यालयको आयोजनामा एक सय मौवाको बिरुवा रोपेर शुक्रबार राष्ट्रिय बृक्षारोपण दिवस मनाईएको हो । ‘भावी सन्तति र समृद्धिका लागि बृक्षारोपण गरौं’भन्ने नाराका साथ बिरुवा रोपेर दिवस मनाईएको छ ।

थारु सामुदायिक वन गुलरिया–५ वालापुर स्थित १ दशमलव ३० हेक्टर क्षेत्रफलमा संकटापन्न प्रजाति संरक्षण कार्यक्रम अन्र्तगत स्थानीय क्षेत्रमा लोपोन्मुख अवस्थामा रहेको मौवा प्रजाति संरक्षण तथा व्यवस्थापन गर्नका लागि मौवाका २ हजार ६४ विरुवा रोपण गर्ने कार्यक्रम अन्र्तगत बिरुवा रोपेको डिभिजन वन कार्यालयका सुचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए ।

बृक्षारोपण कार्यक्रममा लुम्बिनी प्रदेश सांसद राज कुमार चौधरी, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, नेपाल प्रहरी उपरीक्षक प्रबिण धिताल, सशस्त्र प्रहरी उपरीक्षक चितांङगत दाहाल, डिभिजन वन कार्यालयका प्रमुख प्रबिण बिडारी, स्थानीय वडाका जनप्रतिनिधि तथा सामुदायिक वनका उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय