प्रथम मेयर कप टी१० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा तीन विद्यालयका टिम प्रवेश
आइतबार, असार १७, २०८१ मा प्रकाशित

दीपकलाल श्रेष्ठ

बर्दिया,असार १६/ प्रथम मेयर कप टी १० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा तीन विद्यालय टिम पुग्न सफल भएका छन् । मकदे मावि, धु्रव मावि र शम्भुशरण मावि प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका हुन् । गुलरियामा असार १२ गते देखि असार १७ गतेसम्म क्रिकेट प्रतियोगिता बंगलामुखी माविको प्राङ्गणमा सञ्चालन भईरहेको छ ।

गुलरिया नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको सहजिकरण र सहयोगमा सञ्चालित क्रिकेट प्रतियोगितामा गुलरिया नगरपालिका भित्रका १० सामुदायिक विद्यालय र ४ संस्थागत विद्यालयहरु गरि १४ वटा विधालयको सहभागीता रहेको छ । प्रतियोगिताको सेमिफाइनल पुग्ने ३ टोलिमा महाकवि देवकोटा माध्यमिक विद्यालय गुलरिया, ध्रुव माध्यमिक विद्यालय तुल्सिपुर र शम्भुशरण माध्यमिक विद्यालय खैरापुर प्रवेश गरेका छन् ।

नकआउटको आधारमा खेलाईएको प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको मकदे माविले नेपाल राष्ट्रिय माध्यमिक प्रयागपुरलाई ४७ रनले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । मकदे मावीले पहिलो ब्याटिङ गर्दै ८.४ ओभरमा ८७ रनमै अलआउट भएको थियो । दोस्रो इनिङ ब्याटिङ गर्न आएको नेरा मावी ७.५ ओभर मै ४० रनमा अलआउट हुदा मकदे मावी ४७ रनले विजयी भएको थियो । कसिलो बलिङ गर्दै ५ विकेट लिएका मकदे माविका सद्दाम गद्दी म्यानअफ द म्याच घोषित भएका थिए ।

यसै गरि अर्को खेलमा ध्रुव मावि तुलसीपुरले जनज्योति आवासीय माध्यमिक विद्यालयलाई १० विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको जनज्योतिले ८.५ ओभरमा ८३ रनमा अलआउट भएको थियो । जनज्योतिका लागि अर्पण पौडेल ८ बलमा २३ रन बनाएका थिए भने रजनिश यादव १० बलमा २१ रनको योगदान दिएका थिए । बलिङमा ध्रुव माविका तर्फबाट विजय कुशवधिया र हेमराज भुसालले समान ४÷४ विकेट लिएका थिए । ८४ रन लक्ष्य लियर आएको ध्रुव माविले अभिषेक सिंह राठौरको बिष्फोटक ५९ रनको मद्दतले ४.३ ओभरमा लक्ष्य पुरा गर्दै १० विकेटले विजयी भएको छ ।

यसै गरि शनिबार भएको अर्को खेलमा नेपाल राष्ट्रिय शम्भुशरण माध्यमिक विद्यालय खैरापुरले सनराइज बोर्डिङ स्कुललाई ७ विकेटले पराजित गरेको छ । पहिलो ब्याटिङ गरेको सनराइजले निर्धारण १० ओभरमा ४ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । सनराइजका लागि आयुसले ४४ रनको योगदान दिएका थिए ।

१ सय १९ रनको लक्ष्य लियर आएको शम्भुशरण माध्यमिक विद्यालयले ७ ओभरमा ३ विकेट १ सय १ रनको बनाउदा पानी परे पछि डि एल एस मेथड अनुसार शम्भुशरण माध्यमिक विद्यालय ७ विकेटले विजयी भएको थियो । २५ रन र २ विकेट लिएका नारायण नेपाली म्यानअफ द म्याच घोषित भएका थिए । अन्तिम क्वाटरफाइनल खेल असार १६ गते बिहान बंगलामुखी माध्यमिक विद्यालय र कोटही माध्यमिक विद्यालय बिच हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय