पाहुना भाले चितुवा ‘बर्दिया निकुञ्ज’लाई उपहार
आइतबार, असार १७, २०८१ मा प्रकाशित

बर्दिया,असार १६/ गुलरिया नगरपालिका–१ स्थित शंकरवस्तीमा एक जोडि वयस्क चितुवा रातीको समयमा आईरहने भएकाले रातीका पाहुनाको उपनाम चिनिएका थिए । रातीका पाहुना भन्ने बित्तिकै बुझने ति एक जोडिको शुक्रबार मध्यरातमा बिछोड भएको छ ।

रातीको समय झुल्किने चितुवा पाहुनाले बदमासी गर्दा कुकुर र खसीले दिन दिनै ज्यान गुमाउँदा पिडामा लामो समय देखि शंकरवस्तीवाला दुखी थिए । डर लाग्दा देखिने वयस्क पाहुना झन् रातीमा हिँडडुल गर्दा त्रासको सामाना गर्देै शंकरवस्तीमा वस्नु पर्ने आम नागरिकको बाध्यता थियो ।

रातीमा झुल्किने चितुवा पाहुना मध्य भाले पाहुनालाई डिभिजन वन कार्यालयको टोलीले शुक्रवार मध्य रातीमा नियन्त्रणमा लिएको हो । पतिको बिछोडमा रोई कराई गरी पोथी चितुवा पुनः जंगल फर्किएको प्रमुख वन अधिकृत प्रबिण बिडारीले बताए । ‘वस्तीलाई त्राहिमान बनाएका चितुवाको एक जोडी मध्य भालेलाई नियन्त्रणमा लिएका छौ’ बिडारीले भने,‘वन डिभिजनको टेरोटोरीमा प्रयाप्त ठूला जंगल नभएकाले निकुन्जलाई भाले चितुवा उपहार स्वरुप दिएका छौं ।’ निकुन्ज भित्रको प्राकृतिक वासस्थानमा छोड्नका उपहार स्वरुप चितुवा शनिबार दिउँस बुझाएको उनले बताए ।

केजको प्रयोग गरेर नियन्त्रणमा लिएको चितुवालाई रात भरी वन प्रशासन, स्थानीय प्रशासन, खैरापुर (क) का प्रहरी र बिओपि कट्टिका सशस्त्र प्रहरीको सुरक्षा घेरमा भाले चितुवा र गाउँलाई सुरक्षित गरी राखिएको फरक समाचारकर्मी कृष्ण प्रसाद भुसालले बताए । ‘रातीमा वस्ती पस्ने हुनाले एक जोडि चितुवालाई रातीका पाहुना भन्ने गरिन्थ्यो,’उनले भने,‘ति वयस्क जोडिले भने गाउँलाई त्राहिमान बनाएका थिए, वन कार्यालयको टोलीले एक जोडि मध्य भाले चितुवालाई उद्धार गरेपछि वस्तीबासी खुसी छन् ।’

स्थानीयका अनुसार रातीमा वन प्रशासनले नियन्त्रणमा लिएको चितुवालाई लिन निकुन्जले टोली नपठाउँदा समस्या भएको थियो । ‘बर्दिया निकुन्जले ८ घन्टा सम्म नियन्त्रणमा लिएको चितुवा लिन नआउँदा समस्या भयो,’उनले भने,’अन्तत वन डिभिजनको टोलीले निकुन्ज पुगेर चितुवा बुझाएको छ ।’

समस्याग्रस्त पाटे बाघ, गैडा र चितुवाको आक्रमण गर्ने स्वभाव हुने भएकाले तत्काल नियन्त्रणमा लिन पर्ने स्थानीयको माग छ । चितुवा आंतकले वस्ती रहेको सूचना पाएपनि दक्ष प्राबिधिक नहुदा समस्या भईरहेको छ । निकुन्जमा रहेको एनटिएनसि संस्थाले समस्याग्रस्त वन्यजन्तुलाई उद्धार गर्ने भनेपनि मध्यवर्ती क्षेत्र बाहिरका आउँदा प्राबधिक टोलीले ढिला सुस्ती गर्ने गरेको पाईएको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले वन प्रशासनलाई दक्ष बनाएर समस्याग्रस्त वन्यजन्तु तत्काल नियन्त्रण लिन पर्ने र कार्यालयमा कृत्रिम वासस्थानको आवश्यक्ता औल्याईन । ‘वन प्रशासनले तत्काल प्राबिधिक खटाएर चितुवा नियन्त्रण लिन सफल हुँदा गाउँले र स्थानीय प्रशासनले धन्यबाद दिएका छन्,’उनले भनिन,‘ जिल्लाको अधिकांश भाग भारतका संरक्षित वन,निकुन्ज र अन्तराष्ट्रिय जैविक मार्गसँग जोडिएकाले यदि समस्या ग्रस्त वन्यजन्तु देखिए तत्काल नियन्त्रणमा लिएर नागरिकको सुरक्षालाई प्राथामिकता दिनु पर्छ ।’ वन्यजन्तु र मानवको द्धन्द्ध न्यूनिकरणका लागि सामस्या ग्रस्त वन्यजन्तु नियन्त्रण लिने कार्यलाई सरोकारवालाले प्राथामिकतामा राख्नु पर्ने घटनास्थल पुगेकि प्रजिअ शर्माले निर्देशन दिईन् ।

वन प्रशासनले वयस्क चितुवा नियन्त्रणमा लिन जमदार धन बहादुर गुरुङको नेतृत्वमा चार जना सिपाही, वनरक्षक र सवारी चालक विष्णु थापा परिचालित भएकोे सूचना अधिकारी द्रोणराज शर्मा जानकारी दिए । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय