भारतीय कुखुरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गर्यो
मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित

बर्दिया,असार १८(फरकसमाचार)/ भारतबाट ल्याएको ब्रोईलर कुखुरा प्रहरीले नियन्त्रणमा लिई नष्ट गरेको छ । बढैयाताल गाउँपालिका–२ स्थित भारतबाट अबैध रुपमा ल्याएको कुखुरा प्रहरीले सोमबार नियन्त्रणमा लिई नष्ट गरेको हो ।

प्रहरीका अनुसार मुल्य रु १४ हजार बराबरको १९ वटा कुखुरा नियन्त्रणमा लिई नष्ट गरेको जनाएको छ ।

त्यसैगरि गुलरिया नगरपालिका–१० मथुरा स्थित भारतबाट ल्याएको मुल्य रु ९ हजार बराबरको ब्रोईलर कुखुराको मासु २० किलोग्राम नियन्त्रणमा लिई पशु क्वारेन्टाईन चेकपोष्ट गुलरियामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय