लुम्बिनी प्रदेशको लगानीमा पूर्ब फर्किदै कर्णाली नदी
मङ्गलबार, असार १९, २०८१ मा प्रकाशित

बर्दिया,असार १८/ लुम्बिनी प्रदेशकि जलस्रोत उर्जा तथा सिचाँई मन्त्री कृष्णा केसी ‘नमुना’ शहरी विकास मन्त्रालयको मन्त्री छदा क्याबिनेटले बिपदमा राहतका लागि बिनियोजित बजेट प्रगति हेर्न कर्णालि नदीको मुहान पुगेकि उनले किसानलाई राहतको लागि बजेट सदुपयोग भएकोमा खुसी व्यक्त गरिन् ।

सिचाँई मन्त्री केसीले निकुन्जका वन्यजन्तु र नगदे बालीमा आश्रित किसानको विचल्ली प्रदेशले देखेपछि चैत महिना देखि असार सम्म पर्ने लामो खडेरीमा किसानको हितमा लुम्बिनी प्रदेशको बिनियोजित बजेटमा नदी फर्किदा खुसीयाली छाएको मन्त्री केसीको भनाई छ ।
कर्णाली नदी पूर्ब फर्काउन बिपदका लागि प्रदेशले २ करोड बिनियोजन गरेको थियो ।

प्रदेशको लगानीमा भएको साईडको स्थलगत अनुगमनको क्रममा उचित काममा बजेट प्रयोग भएको उनको भनाई छ । प्रदेशले भ्याट सहित २ करोड बजेट बिनियोजन गरेपनि प्रतिस्पर्धामा निर्माण व्यबसायीले ५२ प्रतिशत बिलोमा गरेका काम दुरुस्त देख्दाको क्षण रमाईलो लागेको उनले सुनाईन । उक्त साईडमा तीन वटा स्काभेटरले डिपोजिट ढुंगा गिटि हटाउँदा पूर्बि भंगालोमा नदी फर्किरहेको देखिन्छ ।

‘राम्रो काममा सबैको सहयोग हुन जरुरी छ,’मन्त्री केसीले भनिन,‘आर्थीक मन्दीमा गुज्रिरहेका व्यबसायीलाई काम गरेका बापतको रकम भुक्तानीमा कन्जुसी गर्न जरुरी छैन ।’उनका अनुसार प्रदेशको बिनियोजित बजेट सदुपयोग भयो वा भएन सचिब मिनराज ढकाल र महाशाखा प्रमुखले स्थलगत भ्रमण गरिसकेका छन् ।

लोभ लालचमा नफसी कर्मचारीले काम गरेको बापत रकम भुक्तानी दिएर काम सम्पन्न गर्न पर्ने कार्यालय प्रमुख कृष्ण बिकलाई मन्त्री केसीको स्पष्ट निर्देशन छ । निकुन्जका वन्यजन्तु बचाउँन र कृषि पेशामा आश्रित किसानको भलो गर्न यसअघिका मुख्यमन्त्री दिल्ली चौधरीको नेतृत्वको पालामा बजेट बिनियोजन भएको हो ।

क्याबिनेटले बिनियोजित गरेको बजेटमा बिबाद उत्पन्न हुदा निर्माण व्यबसायीले काम गरेको रकम कार्यालय भुक्तानी नगर्दा समस्या उत्पन्न भएको छ । किसानले पानी नपाउँदा सम्म काम लगाउँन तल्लिन देखिएपनि कर्णाली नदिको भंगालो फर्किएपछि भुक्तानीका लागि राजनितिकरण भईरहेको निर्माण व्यबसायी टंक खत्रिले गुनासो गरे । उनका अनुसार १२ बर्ष अघि पश्चिम तर्फ फर्केको कर्णाली नदी पूर्बि भंगालोमा फर्किदा लाखौ किसान लाभान्वित भएका छन् । ५२ प्रतिशत घटेर लिएको ठेक्काको काम प्रगति ९५ प्रतिशत पुग्दा समेत कार्यालयले भुक्तानी नदिदा समस्या भईरहेको उनको भनाई छ । आर्थीक चपेटाले सम्पुर्ण क्षेत्र मारमा परेका बेला लागत अनुमान गरी भुक्तानी दिन पर्ने उनको माग छ ।

बर्दिया र कैलालीको सीमा बाट पूर्ब र पश्चिम भंगालोमा कर्णाली नदी बिभाजित भएको छ । पूर्ब तर्फ बर्दिया निकुन्ज पर्छ । डिपोजिट नदी जन्य पदार्थ हटाएर संरक्षित वन्यजन्तुलाई पानीको हाहाकार हुदा निकुन्जले अनुमति दिएपछि काम सुरु भएको हो । पश्चिम तर्फ कैलाली सीमा हुदै नदी दक्षिण तर्फ बग्छ । १२ बर्ष पछि नदी फर्किएपछि लोपउन्मुख बन्यजन्तु राहत भएको बर्दिया निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताए । निकुन्जले तत्कालको पानीका आवश्यक्ता औल्याएपछि पानी खोल्न सहमति निकुन्ज बिभागले दिएको थियो ।

कामको मूल्याकंन पछि भुक्तानी दिने कार्यालय प्रमुख बिकले बताए । कर्णाली पूर्ब फर्किसकेको उनले बताए । उनका अनुसार काम देख्दा सबै दंग भएको उल्लेख गर्दे प्रक्रिया पुगेपछि भुक्तानी कार्यालयले दिने उनले जानकारी दिए । कर्णालीको नदीको केहि अंश पूर्ब फर्किएपछि सिचाँईका लागि नदीको पानी खेतखेतमा पुगेको माओवादीका नेता पन्थले बताए । लुम्बिनी प्रदेशको सकारात्मक लगानीले नतिजा राम्रो देखिएको उनको भनाई छ । स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय