महुवा प्रवद्र्धनमा डिभिजन वन
बुधबार, असार २०, २०८१ मा प्रकाशित

बर्दिया, असार १९/ वसन्त ऋतुको हरियालीसँगै बर्दियाको ठाकुरबाबा नगरपालिका–३ र ५ को सामुदायिक वनहरूमा महुवाको रुखमा फुल फुलेका छन् । गैर काष्ठ तथा मझौला किसिमको रुख अन्तर्गत पर्ने महुवाका बोटमा झुप्पा–झुप्पा रसिला फूल फुल्ने समय हो अहिले । स्थानीय आदिवासी जनजातिहरू महुवाका फूल सङ्कलन गरेर महुवाको फूललाई प्रशोधन गरी रक्सी बनाउने प्रचलन रहिआएको छ ।

महुवाको फुलबाट विभिन्न किसिमका उत्पादनसंग जोड्न सकिने सम्भावनालाई मध्यनजर गर्दै यस बर्ष मात्र डिभिजन वन कार्यालयको सहजिकरणमा गुलरिया नगरपालिका बडा नं ५ मा करिब १.२९ हेक्टरमा २ हजार ६४ वटा महुवाका विरुवा वृक्षारोपण गर्न लागिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण बिडारीले जानकारी दिए ।

झरेको महुवाको फूललाई सङ्कलन गरी सुकाउने र आवश्यक परेको बेला त्यसलाई प्रशोधन गरी रक्सी बनाउने प्रचलन थारु समुदायमा रहिआएको छ ।

महुवाको प्रवर्द्धनका लागि महुवको फुलबाट स्थानीय ब्रान्डीङ लोकल मदिरा बनाउन सकिने साथै महुवाको तेल, साबुन र अन्य उत्पादनसंग जोड्न सकिने सम्भावना देखेर पनि यस महुवा विरुवा भएका वनलाई व्यवस्थित गर्ने तथा नया विरुवाहरु वृक्षारोपण गर्ने कार्य भईरहेको समेत प्रमुख बिडारीले बताए ।

महुवालाई शक्तिवर्धक जडीबुटीको रूपमा पनि लिइन्छ । महुवाको वैज्ञानिक नाम मधुका इन्दिका हो । जसको फूल र फलमा औषधीय गुण रहेको स्थानीयले विश्वास गर्छन । घरायसी प्रयोजनको लागि सङ्कलन तथा प्रशोधन गरिने महुवा तथा महुवाको रक्सी पछिल्लो समय व्यावसायिक उद्देश्यले सङ्कलन तथा प्रवर्द्धन समेत हुन थालेको छ ।

व्यावसायिक उद्देश्यका साथ ठाकुरबाबा नगरपालिका बडा नं ३ र ५ मा रहेका करिब १ सय भन्दा बढि महुवा रुखको उचित रेखदेख गर्न लागएको छ । महुवाको औषधीय गुणकै कारण संरक्षण पनि हुँदै आएको छ । प्रतिशतको हिसाबले बर्दिया जिल्ला थारु समुदाय ५२ प्रतिशत भन्दा बढी रहेकाले पनि थारु समुदायमा महुवाको विशेष महत्त्व रहेको छ । जुन कारण वनमा भएका विरुवाको पनि संरक्षण गरिनुका साथै आफ्नो खेतबारीमा पनि रोपेको पाइन्छ ।

थारु समुदायमा महुवाको रक्सी अन्य रक्सी भन्दा शुद्ध, तेजिलो र तागतिलो हुने गरेको बताइन्छ । खास पाहुनालाई स्वागतका लागि र घरका देवतालाई चढाउनका लागि पनि पहुवाको रक्सी थारु गाउँमा अनिवार्य जस्तै हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय