सामुदायिक बिद्यालय अघि निजी बिद्यालय हावी
बिहिबार, असार २१, २०८१ मा प्रकाशित

बर्दिया,असार २०(फरकसमाचार)/ एसईईको नतिजा सार्वजनिक भएको एक साता नाघेको छैन । उर्तिण छात्र र छात्राले कहाँ पढ्ने भन्ने बिषयमा अभिभावक र बिद्यार्थीले घर सल्लाहा गर्न पाएका छैनन् । तर निजि बिद्यालयले बिद्यार्थीलाई फसाउँन गुलरिया बजार र सामुदायिक बिद्यालय अघि वा छेउछाउँ निजि बिद्यालय फलेक्स बोर्ड झुन्डाउँदा बिद्यार्थी भड्किरहेका छन् ।

गुलरिया बजार स्थित महाकवि देवकोटा माबिको प्रबेशद्वार अघि फलेक्स बोर्ड टाँगेर निजि बिद्यालयले बिद्यार्थी तान्न गरेको होड लाजमर्दो देखिन्छ । बिद्यालयसँग सरोकार राख्ने वाला पनि किन चुप छन् अभिभावको गुनासो छ । जथाभावि झुन्डाईएका फलेक्स बोर्ड दुर्घटनाको जाखिमको अर्को कारण हो । तर,स्थानीय प्रशासन मुख दर्शक बनेको स्थानीय गुनासो गर्छन्् ।

मकदेमा प्लस टुमा प्राबिधिक र अनिवार्य शिक्षा सर्व सुलभ दिईन्छ । नेपालगंजका निजि बिद्यालयले त्यहाँ पढ्ने बिद्यार्थी तान्न गरेको अस्वस्थ प्रतिस्पर्धा अघि अभिभावक निरिह छन् । मकदे माबि एक उदाहरण मात्र हो ग्रामिण भेगका सामुदायिक बिद्यालयका अघि बोर्ड टागेर नेपालगंजका निजि बिद्यालयले जबरजस्ती गरिरहेका छन् । जसको प्रत्यक्षको पिडामा अभिभावक छन् ।

कम लागतमा गुणस्तरिय शिक्षा दिने चाहाना बोकेका अभिभावक बिलखबन्दमा परेका छन् । सामुदायिक विद्यालयका अघि आर्कषक यूवतिको फोटो राखेर लोभ लाग्दो सेवा र सुबिधा लेखिएको फलेक्स बोर्ड झुन्डाईरहदा छोरा र छोरी भड्किरहेको अभिभावकको गुनासो छ ।
जिल्लाको ग्रमिण बजारमा यस्ता फलेक्स प्रिन्ट झुन्डाएर बिद्यार्थी भड्काउँदा अभिभावकको बिचल्लि भएको छ । बिगतमा जस्तै अध्ययनरत गर्न ठूला शहरमा जानु पर्ने बाध्यता अहिलेका बिद्यार्थीलाई छैन । गाउँ गाउँमा सस्तो शुल्कमा पढ्ने सक्ने प्राबिधिक बिद्यालय पनि गाउँमै छन् ।

एसईईको रिजल्ट प्रकाशित भएपछि बाँकेका निजि बिद्यालयले बिद्यार्थीलाई लोभ्याउँन फोटो सेशन गरेका यूवतिको फोटो राखेर जताततै झुन्डाएका बोर्ड तत्काल फाल्न पर्ने अभिभावक बताउँछन् । प्रचार प्रसार गर्ने बिभिन्न माध्यम हुँदा हुदै जताततै झुन्डाएका टल्किने र झुक्काउने किसिमका बोर्ड राख्दा नियम संगत गर्न वा गराउँनका लागि स्थानीय प्रशासनले कडाई गर्न पर्ने माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय