बर्दिया,असार २४(फरकसमाचार) / विगतलाई हेर्ने हो भने लुम्बिनी प्रदेशका जिल्लाहरुमा तुलनात्मक रुपमा अलि बढि बर्दिया जोखिममा छ । जोखिममा न्यूनिकरणका बबई, भादा र औरहि नदि नियन्त्रण व्यबस्थापन आयोजना स्थापना गरेर काम तटबन्धको काम थालनि गरिएपनि अधुरै र अपुरै छन् । जसले गर्दा गुलरियाबासी दुई दिन झरि पर्दा जाग्राम बस्नु बिकल्प छैन ।
जोखिम न्यूनिकरणको लागी यहाँ भएका संघ संस्थाले काम गरेको सेमिनार र गोष्ठीमा देखिन्छ । उच्च जोखिममा रहेको भन्दै अन्तर्राष्ट्रिय दातृ निकायले बर्सेनि लगानी गरेको छ । त्यसको आउट पुट भने देखिन्न । बाढी आईसकेका पछि अग्रसर देखिने जिम्मेवार सरकारी र गैर सरकारी निकाय अन्य बेला मौन बस्छन् । बाढी आइहाले भने कसरी बच्ने सम्मको मौखिक रुपमा यँहाका सर्बसाधारणले ज्ञान नपाउँनु दुःखद कुरा हो ।
बाढी आइहाले धनजनको क्षति कसरी कम गर्नको लागी पूर्बाधार निर्माण गर्ने योजना सम्म बन्न सक्दैनन । तर बाढी आईहाले सुरु हुन्छ अनुगमन र निरिक्षण भुक्तभोगि गुनासो गर्छन । बर्दिया दुई वटा ठूला नदि छन् । कर्णाली नदि गेरुवा भंगालो पारी भवरा टप्पाका ४ लाख स्थानीय बासीलाई घेरेर बसेको छ । कर्णाली नदि नियन्त्रणका लागि कर्णाली नदी नियन्त्रण व्यबस्थापन आयोजनाले कामले गति लिन सकेको छैन । पाँच बर्षमा ७१ किलोमिटर तटबन्ध गरेर राजापुर नगरपालिका र गेरुवा गाउँपालिका सुरक्षा गर्न योजना अनुरुप काम गर्न स्थापना भएको कर्णाली आयोजनाले अहिले सम्म २५ प्रतिशत काम पनि पूरा गर्न सकेको छैन ।
बबईले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाका छेउछाउँका आधा दर्जन बढी बस्तीलाई डुवानमा पार्ने गरेको छ । त्यसकारण बर्षेनि यि दुई नदिका कारण सयौ सर्बसाधारण घरबार बिहिन हुन पुग्छन् । भर्खरै सरुवा भएर आएकि प्रमुख जिल्ला अधिकारी दुई दिन देखि निरन्तर परेर नदीको सतह बढेपछि आफ्नो मातहतका सुरक्षा अंग परिचालित गरेर सर्वसाधारण जिउँ र धनको लागि सक्रिय देखिएकि छन् । बाढी आईहाले उद्धारमा खटिने नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले प्रजिअ शर्माले छलफल अघि बढाएको देखिन्छ ।
हरेक बर्ष हजारौ घर डुवानमा पर्छन भने सयौं घर परिवार घर बिहिन हुन्छन । यस्तो भयावह स्थिति आउँने थाहा हुँदा हुदै आइहाले पूर्ब सुचना कसरी पाउँने र उद्धार गर्नको लागी ठाउँहरुको पहिचान भएको छैन । बाढी आईहाले उद्धार गरौला भन्दै जिम्मेवार निकाय सुत्दा बर्खामा सर्वसाधारण जाग्राराम वस्न बाध्य छन् ।
दातृ निकायले मुख्यत बाढी आउन अघि सर्बसाधारणले सुचना पाउँन भन्नको लागी करोडौ रुपैया खर्च गरेको छ । सर्बसाधारण दैबिक प्रकोपबाट दातृ निकायले खर्च गरेको १० प्रतिशत सुबिधा सर्बसाधारणले पाउँन सकेका छैनन् । बाढी पूर्ब सुचना दिन र बाढीले क्षति भएका घरपरिवालाई उद्धार गर्न बिदेशी डलर संघ संस्था ल्याए पनि त्यसको सदुपयोग हुन नसकेको आम नागरिकले गुनासो गर्न थालेका छन् । २०७१ र २०७४ सालमा आएको बाढीले ३४ बढिको ज्यान गएको छ भने आधा दर्जन बढि अबस्था अज्ञात छ ।