एकैदिन तीन फरार कसुरदार पक्राउ
बुधबार, साउन २३, २०८१ मा प्रकाशित

बर्दिया,साउन २३(फरकसमाचार) / विभिन्न कसुरमा सजाय पाएका फरार कसुरदारलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । विभिन्न कसुरमा अदालतले सजाय तोकेको तर, फरार रहेका व्यक्तिको खोजतलास तिव्र पारी प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । सजाय भुक्तान गर्न नपरोस् भनि लुकिपिछि बसेकालाई प्रहरीले पक्राउ गरि सजाय भुक्तानको लागि पुनःअदालतमा उपस्थित गराएको छ । विभिन्न कसुरमा फरार रहेका तीन जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

चेक अनादर मुद्दाका फरार कसुरदार गुलरिया नगरपालिका–५ सुहेलवाका २४ वर्षिय केशव थारुलाई प्रहरीले पक्राउ गरेको छ । थारुलाई अदालतले गत जेठ ७ गते रु २ हजार जरिवाना तोकेको थियो ।

चोरी कसुरमा फरार रहेका बाँसगढी नगरपालिका–६ दमौली शान्तिटोलका २७ वर्षिय अशोक सुनार र २५ वर्षिय बिशाल सुनारलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्दामा दुवै जनालाई अदालतले २०८१ बैशाख २५ गते सजाय तोकेको थियो ।

अदालतले दुवै जनालाई ११/११ महिना कैद सजाय, २/२ हजार जरिवाना र २/२ सय पिडित राहत कोषमा जम्मा हुने गरि फैसला सुनाएको थियो । त्यसैगरि बहु विवाह मुद्दामा फरार रहेका गुलरिया नगरपालिका–२ संगम बस्तीका जितु विकलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । विकलाई अदालतले २०८० मंसिर २९ गते बहु विवाह मुद्दामा ३ वर्ष ४ महिना १४ दिन कैद सजाय र ३५ हजार जरिवाना तोकेको थियो । अदालतले सजाय तोकेको दिन देखि उक्त व्यक्तिहरु फरार रहेका थिए ।

लुकिछिपि आफ्नै घरवतनमा बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई कारवाहीको लागि अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर