मदिराको जोसमा बोतल फोडेर सिसाका टुक्रा खाएपछि
बुधबार, साउन २३, २०८१ मा प्रकाशित

दाङ, साउन २३/दाङको तुलसीपुरमा एक युवकले मदिरा खाएको जोसमा बियरको बोतलका सिसाका टुक्रा खाएका छन्। जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रेका २३ वर्षीय युवकले आफ्नै घरमा मदिरा सेवनपछि बियरको बोतल फोडेर सिसाका टुक्रा खाएका हुन्।

मंगलबार बेलुकी साढे ७ बजेतिर सिसाका टुक्रा खाएपछि उनी छटपटाउन थालेका थिए। तत्कालै उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो। तुलसीपुरमा प्रारम्भिक सामान्य उपचारपछि उनलाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार अहिले युवकको अवस्था मध्यम छ। उनले सिसाका टुक्रा खाएको बारे थप बुझ्न र अनुसन्धान हुन बाँकी रहेको थापाले बताए। सिसाका टुक्रा निलेका ती युवकको आन्द्रा र पेटमा समस्या देखिएको चिकित्सकहरूले बताएका छन्।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर