बुधबार, साउन ३०, २०८१
मा प्रकाशित
1493
Shares
बर्दिया,साउन ३०(फरकसमाचार)/ भारतबाट भन्सार छली अबैध रुपमा ल्याईएको मोबिल प्रहरीले बरामद गरेको छ । गुलरिया नगरपालिका–१० स्थितबाट मंगलबार प्रहरीले अबैध मोबिल बरामद गरेको हो ।
हिरो जेन्वाईन लेखिएको मोबिलको १ सय ७६ बट्टा र बजाज डिटिएस लेखिएको ६० बट्टा बरामद भएको जनाईएको छ । प्रहरीका अनुसार बरामद मोबिलको मुल्य रु १ लाख ८४ हजार ३ सय २० रहेको छ ।
बरामद मोबिल आवश्यक कारवाहीको लागि राजापुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।