बर्दिया,साउन ३२/ बर्दियाका सांसद अब्दुल खानले सरकारलाई जिल्लाको बिकासका बारेमा सचेत पारेका छन् । मंगलबार प्रतिनिधी सभामा बोल्दै खानले बर्दिया जिल्लामा देखिएका विभिन्न क्षेत्रका समस्याका बारेमा जानकारी गराएका हुन् ।
जिल्लाका उद्योग व्यवसायी तथा सर्वसाधारण अग्नि परीक्षा दिन बाध्य भएको, खुल्ला तथा अव्यवस्थित सिमा नाकाको कारण स्थानीय बजारहरु मन्दीमा परेको सरकारलाई उनले सुझाए । ठुला ठेकेदारहरुले गरेका सरकारी कामकाजको पैसा पाएका छैनन् । उनले भने, डी.ई को पटक पटक सरुवाको कारण योजना अलपत्र परेका छन् । यति मात्र होइन “सिमा नाकाका बासिन्दाहरु निरन्तर भारतीय सुरक्षाकर्मीहरुको गाली गलौज मारपीट तथा अपरहणका सिकार भई रहेको छन्” । खानले थपे, “यस्ता कुराहरुलाई दुवै तिरका प्रमुख अधिकारीहरुले समस्या समाधान गर्नु पर्नेमा त्यो नभई रहेको व्यापक जन गुनासो र आक्रोश रहेको छ । हाम्रो लागि राज्य छ कि छैन भन्ने अवस्थामा जनता पुगी सकेको छन् ।”
पुर्वमन्त्री समेत रहेका खानले जनताको यथार्थ समस्या बुझन सरकारलाई आग्रह गरे । समस्याहरुलाई सम्बन्धित मन्त्रालयले गम्भिरतापूर्वक समाधान गर्ने तरफ छिटो भन्दा छिटो लाग्नुपर्ने उनको सुझाव छ । बर्दिया जिल्लाका जनताहरुले नेता दल र सरकारलाई छाड्ने छैनन । केहि नराम्रा घटनाहरु भयो भने त्यसको जिम्मेवार जनता होइन सरकार स्वयम् हुने स्थिती बनिरहेको भन्दै सरकारलाई चेतावनी समेत दिएका छन् । सांसद खानले बर्दियाको सदरमुकाम गुलरियामा रहेको छोटी भन्सार कार्यालय सिमा नाका देखि २/३ कि.मी भित्र भएको हुनाले सर्वसाधारण किसानहरुले आफनै खेत बारीमा फलाएका उब्जाएका अन्न सागपात फलफूल तरकारी वार्ड अध्यक्षको सिफारिस सहित गुलारिया बजारमा पुर्याउने क्रममा सुरक्षाकर्मीहरुको अत्याचार झेल्न बाध्य रहेको बताए ।
भन्सारमा विभिन्न सास्तीहरु तथा गाली गलौज किसानहरुले भोग्न र सामान लिलाम हुने भएकोले किसानहरु समस्यामा रहको खुलाशा गरे । भारतीय बन रक्षकबाट निर्घात रुपमा कुटपीट खेपेका एक जना पात्र गुलारिया न.पा वडा नम्बर ९ टेपरी गांउका २३ बर्षीय खगेन्द्र सुनारको खुट्टा टाउको भाँचिएको र टाउको फुटाईएको भन्दै खानले गरिबीको कारण औषधी किन्न नसकेका सुनारको विषयमा भारतीय पक्षको डरको कारणले गर्दा कसैले गवाही दिन नमानेको सुनाए । सांसद खालने वन्यजन्तु बाट नागरिक पिडित बनेको साथै पटक पटक भूमी आयोगहरु बन्नु भूमीको व्यवस्थापन नहुन् लालपुर्जाहरु वास्तविक भूमिहीन जनताहरुलाई नदिनु दुःखद कुरा भएको उल्लेख गरे ।
शिक्षा क्षेत्रमा विद्यार्थीहरुको अत्याधिक चापको कारण एक जना शिक्षकले ४५ मिनटको समय हाजिरी मै विताउने र गुणस्तरीय शिक्षा र शत प्रतिशत रिजल्ट खोज्नु मरुभूमिमा पानी खोजे जस्तो हुने उनले सुनाए । मधेसी मुस्लिम र दलित समुदायमा सिप तथा आय मुलक तालिमको आवस्यकता रहेको र दाइजो प्रथा नियन्त्रण नभएको कारणले अभिभावकहरु मानसिक असन्तुलनका सिकार भएको युवाहरु काम नपाएका कारण कुलतको सिकार भैरहेको जस्ले गर्दा सामाजिक अपराध बढीरहेको सदन लाई जानकारी समेत गराएका छन् ।
उनले कारागारमा जबरजस्ती करणी मुद्दामा ६० देखि ८० वर्ष सम्मका वृद्ध मानिसहरु समेत रहेको बताए । जबरजस्ती करणी सम्बन्धिको ऐन कानुन अव्यवहारिक र न्यानोचित नभएको कारण तत्काल दिगो र व्यवहारिक कानुन बनाउन आवस्यक रहेको सरकारलाई ध्यानाकर्षण गराएका छन् । यसको लागि सम्बन्धित मन्त्रालयले तत्काल विधेयक सदनमा पेश गरि समस्या समाधान गर्नुपर्ने बताए । साथै बारबर्दिया नगरपालिका र गुलरिया नगरपालिका जोडिने जब्दीघाटको पुल तत्काल निर्माण कार्य अघि बढाउनु अति आवस्यक रहेको सदनलाई जानकारी गराएका छन् ।