बर्दिया,साउन ३२/ तराईमा बिपदको हिसावले तीन महिना (असार देखि भदौ) सम्म बढी जोखिम मानिन्छ । मौसम पूर्वाअनुमान शाखाले लुम्बिनीका जिल्ला बिपदका हिसावले जोखिम मानेको छ । आधिकारी निकायको अनुमानलाई आत्मसाथ गर्दै बर्दिया जिल्लामा हुन सक्ने संभावित जोखिम रोक्न प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले अनुगमन, समन्वय र स्थलगत दौडाहा गरिरहेकोे देखिन्छ ।
चुरेक्षेत्र हुदै समथल भूभाग भएर बग्ने नदी कर्णाली र बबईका कारण सयौ बिस्थापित हुने जोखिममा सर्वसाधारण छन् । बाढीपूर्व प्रतिकार्यको लागि दक्ष जनशक्ति अभाव र आधुनिक डुगा जस्ता सामाग्री अभाव रहदा अकालमा आफन्तले ज्यान गुमाउँदाको प्रश्रब पिडामा नदी किनारका वस्ती बाध्यताले बसेको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा बिहिबार दिउँस सरोकारवाला निकायमा उपस्थितिमा आयोजना गरिएको उपस्थितिले सभाहल खचाखच भरिएको थियो । करिब सय बढिको उपस्थितिमा अन्तरक्रियात्मक बैठक करिब निर्धारित समय भन्दा आधा घन्टा पछि सुरु भएपनि अन्तरक्रियात्मक रुपमा सहभागीले भाग लिएका थिए । प्रमुख जिल्ला अधिकारी शर्माले प्रस्तावना सहितको कार्यप्रस्तुतिमा पूराना घटेका घटना र त्यसबाट भएको सिकाई बारेमा जानकारी गराउँदा सभा हलमा खचाखच सहभागीले एक ट्वाकले सुनिरहेको दृश्यले वास्तवमा मिटिङको सार्थकता झल्किरहेको थियो ।
त्यसमा सुरक्षाकर्मीका तर्फबाट सहाभागि एसपि द्धय र नेपाली सेनाका प्रमुखको मिटिङमा सक्रिय सहभागिता देखिरहेको थियो । बिपदको बेलामा के कस्ता बाढीपूर्वका लागि साधन स्रोत परिचालन गरिने जानकारी लिनु भन्दा सहभागीले बिपदको बेलामा देखिएका जोखिमका बेला देखिएको बिषय वस्तुमा गरिएको चर्चाले अधिक समय लिएको थियो ।
प्रमुख जिल्ला अधिकारी शर्माको अघि कटु वचन बोल्न नसकेपनि बिपद व्यबस्थापनको मिटिङ देखिएको बाक्लो उपस्थििति विच उत्कृष्ट निर्णय हुन सक्ने वा नसक्ने भन्नेमा दुई मत बिभाजित थियो । राजनितिक दल, जिल्लास्थित कार्यालय प्रमुख, जिल्ला स्थित निजि क्षेत्रका तर्फका उद्योग बाणिज्य संघ, निर्माण व्यबसायी संघ, पालिका प्रमुख वा प्रतिनिधि, संघसंस्था र संचारकर्मीहरुको उपस्थितिमा गरिएको निर्णयले भबिष्यमा वा बिपद मिटिङबाट हुने निर्णय वास्तवमा भिडले गरेको जस्तो नहोस् भन्नेमा केहि सहभागि चिन्तित देखिन्थे ।
बिपद व्यबस्थापन निर्णयले ठाकुरबाबा स्थित गिठे खोलामा रुखको जराले ६, ७, ८ र ९ नम्बर वडाको दुई हजार सर्वसाधारण क्षति पुराउँने देखिएकाले तत्काले हेभि उपकरण प्रयोग गरेर जनधनको सुरक्षा गर्ने लगायतको निर्णय गरेको छ । समग्र जिल्लाको बिपद पूर्ब प्रतिकार्य गर्ने गरी १२ बुदे निर्णय बिपद व्यबस्थापन समितिले गरेको रेर्कडमा देखिन्छ । स्रोत नागरिकन्युज