पहिरोमा परेर १ जनाको मृत्यु, २ जना घाइते
आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित

रोल्पा,भाद्र २ /रोल्पामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । सो घटनामा दुई जना घाइते भएका छन्। जिल्लाको रोल्पा नगरपालिका २ मूलपानीमा निर्माणाधीन बेथेल मण्डली चर्चको टहरोमा आइतबार बिहान  पहिरो खस्दा  १  जनाको मृत्यु र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

रोल्पा नगरपालिका (१) घर भई सोही चर्चमा बस्दै आएकी ७० वर्षकी धनजिता बुढामगरको मृत्यु भएको रोल्पाका डीएसपी भरत लामाले रातोपाटीलाई जानकारी दिए।

घटनामा रोल्पाको सुन छहारी गाउँपालिका– ३ बस्ने १८ वर्षीय नौमा घर्तीमगर र सोही ठाउँ बस्ने २८ वर्षीय सागर बुढामगर घाइते भएका छन् ।गम्भीर घाइते नौमालाई उपचारका लागि बुटवल ल्याइँदै छ भने सागरको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर