विशवासको मत लिने तयारीमा लुम्बनीका मुख्यमत्री
मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित

काठमाडौँ,भाद्र ४/लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिने तयारीमा छन्। केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धनको सरकार बनेपछि प्रदेशमा पनि त्यसको असर देखिएको हो। सोही अनुसार आचार्य गत साउन ७ मा सगठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्री नियुक्त हुँदा एमाले संसदीय दलको उपनेता रहेका आचार्य तीन दिनअघि मात्रै दलको नेता चयन भएका छन्। दल नेता चयन भएपछि उनले विश्वासको मत लिन लागेका हुन्। प्रदेश सभाको आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था अनुसार आचार्यले विश्वासको मत लिन थालेका हुन्। कांग्रेसका २७ र एमालेका २९ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यले विश्वासको मत पाउने निश्चित छ ।नागरिकन्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर