आज भोली गुलरियाको भान्सा सस्तो
बिहिबार, भदौ ०६, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र ६ (फरकसमाचार)/ च्याउँको प्रतिकेजी रु १६ सयबाट घटेर मंगलबार गुलरियाको हाट बजारमा ८ सयमा झर्यो । बर्खाको सिजनमा मात्र पाईने च्याउँ मूल्य घट्दा समान्य आय स्रोत भएकाको घरको भान्सामा च्याउँ पुग्यो ।

सिजनका तरकारी चिचिन्डा प्रतिकेजी २० रुपैयाका दरले किसानले गुलरिया हाट बजारमा मंगलबार बेचे । हामीलाई प्राप्त सूचनामा सिजनको पहिलो पटक बजार पुगेको चिचिन्डा जिल्लाका अन्य बजार भन्दा सबैभन्दा सस्तो मूल्यमा गुलरिया हाट बजार बिक्रि भएको छ । गुलरिया बाहिरको बजारमा चिचिन्डाको मूल्य ८० रुपैया देखि १ सय २० रुपैया सम्म पुगेको पाईएको छ ।

सामान्य बोलीचालीको भाषामा भान्सा भयो भन्ने चलन छ । भान्सा भयो भन्नुको मतलब महत्वपूर्ण काम भएको बुझिन्छ । तर,भान्सा तयार हुँदा सम्म अपरिहार्य वस्तु तरकारी नै हो । प्रशस्त मात्रामा तरकारी भकारीमा भए मात्र भान्सा सहज हुन्छ । त्यसैले साँझ र बिहान भेटघाटको बेला पूर्खा देखि भान्सा भयो भन्ने चलन अहिले सम्म कायमै छ ।

सबै भन्दा महत्वपूर्ण वस्तु तरकारी सस्तो भएमा घरका सुखी भएको मानिन्छ । बजारमा तरकारी सस्तोमा पाईएकामा सर्वसाधारण मानसिक तनावबाट मुक्ति पाउँछन् । गृहणिलाई भान्सामा तरकारी के पकाउँने चिन्ताले सताउँने गरेको गुलरिया बजारमा भेटिएकि महिलाले बताईन् । ‘हामीलाई बिहान के पकाउँने र साँझ के पकाउँने चिन्ता हुन्छ,’उनले भनिन,‘तरकारी सस्तोमा पाउँने बित्तिकै आधा टेन्सन दुर हुन्छ ।’ उनका अनुसार अन्य बेलाको तुलनामा बजारमा पाईने परबर, गोबि, घिरौउला, लौकी जस्ता तरकारी तुलनात्मक रुपमा सस्तोमा किसानले बिक्रि गरिरहेका छन् । यतिबेला अन्य ठाउँको तुलनामा गुलरिया हाट बजारमा तरकारी सस्तो भएको पाईएको उनको भनाई छ ।

तरकारी भान्सा पुगेमा मात्र थरिथरि तरकारी पाकेमा परिवार नै खुसि देखिने अर्का उपभोक्ताले प्रतिक्रिया दिए । भान्सा अलि सहज भयो भने सर्वसाधारणको तनाव अलि कम हुने उनले फेरी दोहराए । अति आवश्यक्ताको चिज भान्साबाटै परिपुर्ती हुने हुँदा अधिकांशका भान्सा के पाक्यो भन्नेसँग सरोकार रहने उपभोक्ताको भनाई छ । नेपाली भान्सालाई चलाउँनु सहज भएको अनुभव हुने गरेको छ ।

बर्खामास आवागमन सहज नहुँदा सबै वस्तुको खरिदर बिक्रिका लागि अफसिजन मानिन्छ । अफसिजनको विचमा बजारमा पाईने सस्तो तरकारी उपभोक्ता सहज हुने किसान बताउँछन् । नेपाली किसानका लागि जनप्रतिनिधि मार्फत स्थानीय किसान कार्ड उपलब्ध गराएको छ । किसानका कार्डको माध्यमा सीमावर्तीबाट धमाधम तरकारी ल्याउँदा बजारमा तरकारी सस्तो पाईएको उपभोक्ता बताउँछन् । यसैगरी गुलरिया नगरपालिका ५ नम्बर वडा बालापुरका ८० प्रतिशत किसान तरकारी खेतीमा आश्रित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर