बर्दिया,भदौ ७(फरक समाचार)
गुलरिया नगरपालिकाको कार्यपालिका बैठकले कोभिड जस्ता महामारीको समयमा पलायन भईसकेका व्यवसायीको पक्षमा शुक्रबार कर छुट दिने निर्णय संसोधन गरेको छ भने भु सेवा केन्द्रबाट दिने सम्पुण सेवा निशुल्क प्रदान गर्ने अर्को महत्वपूर्ण निर्णय गरेको छ ।
पाँच वर्ष अघि देखि पलायन भएका व्यबसायीको हकमा व्यवसायी कर र जरिवाना छुट गरेको छ भने तीन वर्ष देखि पाँच सम्म संचालनमा नरहेकालाई शत प्रतिशत जरिवाना छुट दिने निर्णय गरेको हो । तीन बर्ष देखि पाँच बर्ष सम्मका व्यबसाय संचालनमा नरहेकाले भने व्यबसायिक कर तिर्न पर्ने छ ।
गुलरिया नगरपालिकाको ३५ औं कार्यपालिका बैठकले व्यबसायबाट पलायन हुनुको कारण कोभिड जस्ता महामारीका र व्यबसायी सम्र्पक बिहिन हुदा व्यबसाय कर तिर्न छुट भएको बैठकको निष्र्कषपछि पलायन भईसकेका व्यबसायीको व्यसायीका कर र जरिवाना छुट
दिने निर्णयमा सहमति जुटेको हो ।
गुलरिया नगरपालिकाका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूको उपस्थितिमा भएको निर्णयले पलायन भइसकेका व्यबसायी सम्र्पक आएर बिधिवत रुपमा व्यबसाय बन्द गर्नेमा नगर कार्यकापालिका आशाबादी देखिन्छ ।
व्यबसायी कर र छुटको सुविधा प्राप्त गर्नका निम्ति व्यवसायीले उक्त व्यवसाय सञ्चालनमा नरहेको सार्वजनिक मुचुल्का,वडा अध्यक्ष बाट प्रमाणित कागजात र बैंकिङ्ग कारोवार नगरेको कागजि प्रक्रिया पुराएपछि छुटको प्रक्रिया नगरपालिकाले अघि बढाउँने प्रबत्ता तथा गुलरिया नगरपालिका वडानं. ६ का अध्यक्ष सुधान्सु प्रकास सर्माले जानकारी दिए ।‘व्यबसाय चल्दा चल्दै कोहि पलायन हुदैन,कोभिडका समय धेरै व्यबसायी पलायन भए ’उनले भने,‘लामो समय बन्द भएपनि कानुनी अज्ञानता कारण कर तिर्न नआएको र व्यबसायी सम्र्पकमा नरहेको पाईएकाले छुट दिएर व्यबसायलाई सुरक्षित गर्न पर्ने अवस्था सिर्जना भएको हो ।’
यस्तै, गुलरिया नगरपालिकाबाट संचालित भू–सेवा केन्द्रबाट प्रदान गरिने सम्पूर्ण सेवा नगरवासीका निम्ति निःशुल्क प्रदान गर्ने कार्यापालिका बैठकले अर्को निर्णय गरेको छ । जग्गा अभावमा भौतिक पूर्वाधार सम्पन नभएका बिद्यालयलाई मर्ज गर्ने कार्य अघि बढाउँने कार्यपालिकाले बाटो खुला गरेको छ ।
गुलरिया नगरपालिका वडा नं. ९ खालेपुरमा रहेको सिद्धार्थ आधारभुत विद्यालय र वडा नं. १० मन्द्राजपुर कालाबन्जारमा रहेको मथुराहरिद्वार आ.वि मा भौतिक पूर्वाधार निर्माणार्थ जग्गा अभाव रहेको र विद्यालय लगायत भौतिक पूर्वाधार निर्माण गर्न जग्गा खोजी कार्य तत्काल अगाडी बढाउने छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए ।