आइतबार, भदौ ०९, २०८१
मा प्रकाशित
1034
Shares
काठमाडौं,भाद्र ९ / एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उपचुनावको तयारीमा जुट्न निर्देशन दिएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिरमा उपचुनाव हुनसक्ने बताए ।
तीन प्रमुख, तीन उपप्रमुखका साथै २८ वडाध्यक्षको उपचुनाव हुने भन्दै उनले भने, ‘हाम्रो परीक्षा त्यो ठाउँमा हुन्छ । उपचुनावकै आधारमा त्यहाँको नेतृत्वको मूल्यांकन हुन्छ ।’
सबै ठाउँमा पार्टीको अवस्था समान नभएको भन्दै उनले जहाँ जित्न सकिन्छ ? कहाँ सम्मानजनक मत पाउन सकिन्छ विश्लेषण गरेर उपचुनावको तयारीमा जुट्न नेताहरुलाई निर्देशन दिए ।अनलाइनखबरबाट साभार