मङ्गलबार, भदौ ११, २०८१
मा प्रकाशित
1769
Shares
बर्दिया,भाद्र ११(फरकसमाचार)/ बिगो बापत कैद मुद्दाका फरार रहेका कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१२ सहाबुद्दीन गद्दीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
अदालतले विस २०७९ साल जेठ २७ गते बिगो बापत कैद मुद्दामा गद्दीलाई २ वर्ष कैद सजाय तोकेको थियो । अदालतले कैद सजाय तोके देखि गद्दी फरार रहेका थिए ।
आफ्नै घर वतनमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले गद्दीलाई अदालतमा दाखिला गराईएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।