बिहिबार, भदौ १३, २०८१
मा प्रकाशित
1146
Shares
बर्दिया,भाद्र १३(फरकसमाचार)/ भारतबाट भन्सार छली ल्याएको मोबिल प्रहरीले बरामद गरेको छ । बढैयाताल गाउँपालिका–८ स्याउली बजार स्थितबाट प्रहरीले मंगलबार अबैध मोबिल बरामद गरेको हो । भारतबाट ल्याई वसन्त सिंहको खाली घरमा राखेको अवस्थामा अबैध मोबिल बरामद गरेको प्रहरीको दावी छ ।
मोटरसाइकलमा प्रयोग हुने एक र डेढ लिटरका जम्मा ६ सय ५९ मोबिलका बट्टा बरामद भएको छ । बरामद मोबिलको मुल्य रु ५ लाख ३३ हजार ५० बराबर रहेको प्रहरीले जनाएको छ ।
बरामद मोबिल राजापुर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।