टेनिस संघको अध्यक्षमा शर्मा चयन
मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र २५/ बर्दिया जिल्ला टेनिस संघको अध्यक्षमा दीपक कुमार शर्मा निर्विरोध चयन भएका छन् । संघको साधारण सभाले शर्मालाई निर्विरोध चयन गरेको हो ।

संघको उपाध्यक्षमा तुलुमल्ल ठकुरी, सचिवमा तुलाराम थापा मगर र कोषाध्यक्ष मिना चौधरी रहेकी छन् ।
यसैगरी सदस्यमा मेहेमुद अली मनिहार, सगीता थापा, राजेश लोध, कमल बहादुर खडका र बर्नि भण्डारी रहेका छन् । सो साधारण सभाबाट संघका संस्थापक अध्यक्ष बालकृष्ण ओलीलाई संरक्षकको जिम्मेवारी दिईएको छ ।

साधारण सभाको उद्घाटन समारोहमा टेनिस संघका केन्द्रिय सदस्य डा.निर्माण शाह, बर्दिया जिल्ला खेलकुद विकास समिति कार्यालयका प्रमुख भुपेन्द्रपुन मगर लगायतको उपस्थिति रहेको थियो ।

बुटवल देखि पश्चिम तर्फ टेनिस कोर्ड बर्दियाको गुलरियामा मात्रै रहेको हुदाँ बर्दिया अन्य खेलमा पहिचान बनाएको अवस्थामा टेनिस खेलाडी पनि उत्पादन गर्ने उदेश्य रहेको संघका अध्यक्ष दीपक कुमार शर्माले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर