पहिचान नखुलेको पुरुषको शव फेला
मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र २५ (फरकसमाचार)/ पहिचान नखुलेको अवस्थामा पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका–२ स्थित कर्णाली नदिको छेउमा सोमबार बिहान शव फेला परेको हो । अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

रातो सेतो ठुलो पट्टा भएको ज्याक जोन्स् लेखिएको कलर भएको टिशर्ट लगाएको, दाहिने हातको नाडीमा तीन वटा रातो, निलो,रातो रंगको स्टारको ट्याटु खोपिएको, दाहिने हातको पन्जाको बाहिरी भागको औंलाहरुमा एआरजेयुएन निलो कालो रंगले खोपिएको, अन्दाजी उचाई ५ फिट ५ इन्च, सडिगली अनुहार नचिनिने अवस्थामा पुरुषको शव फेला परेको छ ।

शव बर्दिया अस्पतालको शव गृहमा राखिएको छ । कोही चिन्नु जान्नेले जिल्ला प्रहरी कार्यालय बर्दियामा जानकारी गराउन हुन प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर