मृतक गाईडको परिवारलाई लुम्बिनी सरकारको आर्थिक सहयोग
मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र २५(फरकसमाचार)/ गैंडाको आक्रमणबाट ज्यान गुमाएका नेचर गाईडको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरुप आर्थिक सहयोग गरेको छ । पिडितसंग प्रदेश सरकार कार्यक्रम अन्र्तगत मृतक गाईडको परिवारलाई सोमबार राहत स्वरुप आर्थिक सहयोग उपलब्ध गराईएको हो ।

लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयका मन्त्री बादशाह कुर्मीले मृतकको घरमा पुगी राहत स्वरुप रु एक लाख हस्तान्तरण गरेका छन् । मन्त्री कुर्मीले मृतकका बुवा तिदुराम चौधरीलाई रकम हस्तान्तरण गर्दै दुःख व्यक्त गरेका थिए ।

मधुवन नगरपालिका–१ का वडा अध्यक्ष मिन थापा, ठाकुरबाबा नगरपालिका–९ की अध्यक्ष राधा चौधरीको रोहबरमा राहत रकम हस्तान्तरण गरिएको छ । राहत हस्तान्तरणमा डिभिजन वन कार्यालयका प्रमुख बिजयराज सुवेदी र ठाकुरबाबा नगरपालिकाकी नगर उप–प्रमुख बिना कमारी भट्टराईलगायतको उपस्थिती रहेको थियो ।

गत शुक्रबार मधुवन नगरपालिका–१ शिव सामुदायिक वनमा गैंडाको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ का ३७ वर्षिय नेचर गाईड मनमोहन चौधरीको मृत्यु भएको थियो । उक्त सामुदायिक वनमा बर्दिया राष्ट्रिय निकुञ्जको अनुमति लिई अमेरिकी नागरिकलाई पैदल जंगल अवलोकन गराउन गएको बेला गैंडाले चौधरीलाई आक्रमण गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर