बुधबार, भदौ २६, २०८१
मा प्रकाशित
1074
Shares
काठमाडौँ,भाद्र २६ / सहकारी ठगीमा नाम जोडिएका उपसभापति धनराज गुरुङमाथि छानबिन गर्न नेपाली कांग्रेस तयार भएको बताएको छ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले गुरुङमाथि छानबिन गर्न नेपाली कांग्रेस तयार रहने जानकारी दिएको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले उपसभापति धनराज गुरुङको विषयमा छानबिनबाट दोषी ठहर भए कारबाही भोग्ने र त्यसको छानबिन गराउन कांग्रेस तयार रहेको बताए। नागरिकन्युजबाट साभार