बर्दिया,भाद्र २८ (फरकसमाचार)/ नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले सतर्कता अपनाउन अनुरोध गरेको छ । बुधबार देखि भएको वर्षातका कारण बबई (भादा) र कर्णाली नदीमा पानीको सतहले चेतावनी पार गरेकोले सतर्कता अपनाउन अनुरोध गरिएको हो ।
बबई नदीको चेपाङ स्थित बाढी मापन केन्द्रले बिहान ११ बजे ७ दशमलव ३६ र कर्णाली नदीको सतह १० दशमलव ५६ पुगेको विपद व्यवस्थापन समितिले जनाएको छ ।
पानीको बहाब बढेसंगै नदी तटिय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ । बाढीको समयमा नदी किनारमा काठदाउरा छोप्न, माछा मार्न नजान, डुबान हुने क्षेत्रका बासिन्दाहरु सुरक्षित रहन्, घरमा भएका महत्वपुर्ण बस्तु नगद र गरगहना जिन्सी सामान सुरक्षित ठाउँमा राख्न जिल्ला विपद् व्यवस्थापन समितिले आग्रह गरेको छ ।