आइतबार, भदौ ३०, २०८१
मा प्रकाशित
1085
Shares
काठमाडौँ,भाद्र ३०/अमेरिकाबाट काठमाडौँ आएका ७६ वर्षीय दण्डपाणि भुसाल गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएका थिए । गएराति १० बजे विमानस्थलबाट हराएका भुसाल फेला परेका छन् । उनी सातदोबाटोमा भेटिएका हुन् ।
पर्वतको पैयाँ गाउँपालिका वडा नम्बर–१ घर भएका भुसाल सातदोबाटोमा भेटिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवेले बताए । उनले भने, ‘उहाँ सातदोबाटोमा फेला पर्नुभएको छ ।’
विमानस्थलमा झोला भुलेपछि खोज्न पुनः भित्र गएका उनी परिवारसँग सम्पर्कविहीन भएका हुन् । विमानस्थलमा अवतरण गरेपछि कुरिरहेका आफन्तले उनलाई नभेटेपछि प्रहरीलाई खबर गरेका थिए । रातोपाटीबाट साभार