बर्दिया,असोज ३(फरकसमाचार)/ संविधान दिवसको अवसरमा बिहिवार बिहान फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेल बिहान ७ बजे खेल मैदानमा सुरु गर्ने आयोजकको तयारी छ ।
गुलरिया नगरपालिका–५ स्थित सुहेलवा मैदानमा फुटबल प्रतियोगिताका लागि प्रतिस्पर्धा हुने भएको हो । उक्त प्रतियोगिताको आयोजक बैर्कस ग्रुप रहेको छ । प्रतियोगिताका लागि टिम छनोट देखि मैदान व्यबस्थापन सम्मको कामको तयारी पूरा भईसकेको छ । गुलरिया नगरपालिका स्थित बैर्कस, व्यबसायी, कर्मचारीको भित्रबाट बनेको टिमले रोमान्चक फुटबल खेलको प्रतिस्पर्धा सुहेलवाको मैदानमा गर्ने भएका छन् । प्रतिस्पर्धाका लागि भेट्रान टिम सहित ६ वटा टिम उक्त प्रतियोगितामा समाबेश हुदैछन् ।
बैर्कस ग्रुप, एकिकृत कृषि तथा पशुपंक्षि विकास कार्यालय, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल बिद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय, व्यबसायी र एउटा भेट्रानको टिम सहभागी भएर फुटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
नक आउट सिस्टमबाट खेलाईन खेल बिहान ७ बजे देखि ११ बजे चल्नेछ । बिहिबार बेलुका सेमिफाईनलको लागि तीन बजे देखि पाँच बजेको समय आयोजकले तोकेको बैर्कस ग्रुपका कप्तान सागर शर्माले बताए । उनका अनुसार फाईनल खेल शुक्रबार हुनेछ । कप्तान शर्माका अनुसार बैर्कस ग्रुपको आयोजनामा हुन थालेको प्रतियोगितामा ‘आपसी भाईचारा, सद्भाव र एकता कायम ‘भन्ने मूल नारा’ अघि सारेको छ ।