बर्दिया,असोज ६ / नेपाल (भवानी बक्स गुल्म) र भारतीय सेनाको संयूक्त अनुभव बिरलैसँग होला । आधारभुत कम्युनिष्टको शिक्षा दिने राजनितिज्ञको शब्द यूवा पिढिका लागि नौलो होला । उमेर उकालो लागेसँगै आलस्यता र निराशाको बादलले ढाक्दा अर्को भूमिका निभाउँन सक्ने ठाट सहित आट जो कोहिमा देखिदैन ।
तर,मधुवन नगरपालिका– ६ लालीबजार बस्ने ८१ बर्षिय नारायण बहादुर थापाको बर्तमान र विगत अझै उत्साह र ओजले भरिएको छ । तिनै ८१ बर्षिय ठिटोको भूमिका डेढ दशक अघि देखि स्थानीय संचारसँग जोडिएको छ । एफ.एम. मिडियासँगकोे उनको भूमिकाले समेत एक दशक पार गरिसकेको छ । त्यस अघि नै उनले गुलरियाबाट प्रकाशन भईरहेको हाम्रो भावना दैनिक पत्रिका सुरुवात गरेका थिए । थापा यतिबेला पत्रिकाको कुनै जिम्मेवारीमा नभएपनि डेढ दशक अघि स्थापित हाम्रो भावना दैनिकले मोफसलमा उत्कृष्ट भूमिका निर्वाहा गर्दै आएको छ ।
बर्दियाको सदरमुकाम गुलरिया देखि १४ किलोमिटर पश्चिममा अवस्थित मधुवन बजारका लागि आवाज बिहिनको बाणिका रुपमा पहिलो एफ एम थापाले संचालनमा ल्याएका थिए । बिस २०६९ सालमा स्थापित रामज्ञानु एफएमले निरन्तर आवाज बिहिनको आवाजलाई बुलन्द पार्दा स्थानीय खुसी छन् ।
बुवाको संचार जगतसँगको लगावकै कारण आफू पत्रकारीता पेशामा होमिएको पत्रकार शितल थापा बताउँछन् । ‘सेनाको जागिरे अनुभवसँगै राजनितिक पृष्ठ भूमि बोकेका वुवाको सू–सूचित गराउँने लगाव अतुलनिय छ,’उनी भन्छन्,‘बुवाले धन कमाउँन भन्दा समाजमा चेतना आश्वयक रहेको जहिल्य पनि औल्याउँनु भयो ।’
८१ बर्षका थापा हिड्नु पर्दा अधिक्तर समय साईकलमा हिड्न रुचि राख्छन् । ८१ बर्षको उमेरमा हाफ स्टकोट, सर्ट र पाईन्ट लगाएर साईकलमा सवार हुँदा स्थानीयले उनलाई सम्मान गर्छन् । उमेरले पाको भएपनि एफ एम आई पर्ने समस्यामा दत्तचित्त भएर लाग्दा सहज भएको पत्रकार शितलले स्मरण गर्छन् । ‘अहिले बाटो र घाटो बन्यो,तर पहिला त्यस्तो थिएन’शितल भन्छन्‘समाचार लागि रिपोटिङ निस्किए पनि,एफ एम आउँने समस्यामा प्राबिधिक बोलाएर सधै आफै खटिनु भयो ।’
मिडियामा उनकै लगावको कारण ग्रामिण भेगमा ११ बर्ष अघि राम ज्ञानु एफएम संचालनमा आएको हो । राम ज्ञानु एफएमको माध्यमबाट समाचार पस्कदा आवाज विहिनको तुलात्मक रुपमा आवाज बुलन्द बन्दै गएको पत्रकार शितल दाबी गर्छन् । अन्न पानीको शरिर हो सन्चो विसन्चो भईरहने भएपनि संचार क्षेत्रमा काम गर्दा आत्म सन्तुष्टि मिलेको थापाले अनुभव साटे ।
प्यूठान धर्मवती गाउँमा जन्मिएका उनी बिस २०१४ सालमा नेपाली सेनामा भर्ती भएका थिए । त्यसपछि भारतीय सेनामा सात बर्ष जागिर खाए । जागिर बिहिन भएपछि आधाभुत कम्यूनिष्ट ज्ञान बाडेको उनी बताउँछन् । आफूले संचार गृह संचालनमा ल्याएपनि सरकारको हेपाहपनले प्रबिधिको जमाना आईसक्दा पनि आधुनिक संचारगृहको विस्तारमा लगानीको समस्या पर्दे आईरहेको उनी गुनासो गर्छन । स्रोत नागरिकन्युज