चाडपर्वलाई मध्यनजर गरि बजार अनुगमन तिब्र
सोमबार, असोज ०७, २०८१ मा प्रकाशित

बर्दिया,असोज ७(फरकसमाचार)/ नजिकिदै गरेको चाडपर्वलाई मध्यनजर गरि प्रशासनले बजार अनुगमन तिव्र पारेको छ । चाडपर्वको बेला उपभोक्ता ठगिने बढी सम्भावना भएकोले प्रशासनले बजार अनुगमन तिव्र पारेको हो । प्रशासनले बजार अनुगमनमा तिव्रता देखाउँदा आम उपभोक्ता ठगिने सम्भावना कम हुने विश्वास छ ।

प्रशासनले बजार अनुगमनमा चासो देखाउँदा व्यापारीले बढी मुल्य लिने र म्याद गुज्रिएका सामान बेच्न नपाउने उपभोक्ताहरुको भनाई छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतको नेतृत्वमा धमाधम बजार अनुगमन भईरहेको छ । सहायक प्रजिअको नेतृत्वको टोलीले गत बुधबार बढैयाताल गाउँपालिका–६ मैनापोखर स्थित जनरल स्टोल, किराना, नास्ता, होटल एण्ड लज र पार्लर गरि १५ वटा पसल अनुगमन गरेको छ ।

त्यस मध्येबाट अनुगमन टोलीले ६ वटा पसलबाट मुल्य रु ५ हजार ९ सय ५० बराबरको म्याद गुज्रिएका सामान बरामद गरि नष्ट गरेको छ । त्यसैगरि ३ वटा पसललाई जनही रु ५ हजारका दरले जम्म रु १५ हजार जरिवाना गरेको छ भने मुल्य रु १ हजार ४ सय ४० बराबरको सुर्तिजन्य पदार्थ बरामद गरि सुधारको लागि निर्देशनसमेत दिईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर