काठमाडौं, वैशाख ५ / चक्रपथ विस्तारअन्तर्गत कलंकी–महाराजगञ्ज खण्ड विस्तारमा विलम्ब भइरहेका बेला महाराजगञ्जदेखि चप्पल कारखानासम्मको खण्ड भने सडक डिभिजन काठमाडौंले धमाधम निर्माण गरिरहेको छ।
सात सय मिटर उक्त खण्ड चालू आर्थिक वर्षमै ठेक्का लागेर धमाधम निर्माण भइरहेको सडक डिभिजन काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले बताए। कलंकीदेखि महाराजगञ्जसम्मको खण्ड चिनियाँ पक्षले बनाउने तयारी गरिरहेको छ। त्यसका लागि चिनियाँहरू आएका पनि छन्।