बर्दिया, भदौ १२ / महिलाको हत्या आरोपमा एक जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–३ प्रगति टोल स्थितबाट गत बिहीबार मधुवन नगरपालिका–२ गंगापटुवाका ३६ वर्षीय गोपी भन्ने कनोहे थारुलाई प्रहरीले पक्राउ गरेको हो । ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी सुस्मिता थारु विस २०८१ पौष १८ गते ठाकुरबाबा जान्छु भनि घरबाट निस्केकी थिईन् ।
थारु साँझ घर नफर्किएपछि माईतीका आफन्तले खोजतलास गर्दा थारु फेला नपरेपछि विस २०८१ पौष २१ गते इलाका प्रहरी कार्यालय बगनाहामा खोजतलासको लागि निवेदन दिएका थिए । खोजतलासको क्रममा प्रहरीले विस २०८१ मंसिर १५ गते ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँको पूर्व बबई नदीको बगर झाडीमा थारुको कंकाल अवस्थामा शव फेला पारेको थियो । फेला परेको कंकाल अवस्थाको शवको कपडाको आधारमा थारुको ससुरा सन्तराम थारुले पहिचान गरि फुटकर ज्यान सम्बन्धी प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले लामो समयको सुष्म अनुसन्धानपछि हत्या गर्ने व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ । मृतकसंग धेरै पटक फोन भएको मोबाइल नंम्बरको अनुसन्धान गर्दा हत्या गर्ने कनोहे थारु खुलेको प्रहरीको ठहर छ ।
कनोहे थारुले उक्त महिलासंग फोन मार्फत चिनजान भई नजिकिएका थिए । विविन्न स्थानमा भेटघाट भई शारीरिक सम्बन्ध भएको र मृतकले प्रतिवादी कनोहेसंग पटक पटक रकम माग्ने र नदिए जबरजस्ती करणी मुद्दामा फसाई दिन्छु भनेपछि कनोहेले हत्या गर्ने योजना बुनेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जबरजस्ती मुद्दामा फसिने डरले विस २०८१ पौष १८ गते रकम दिन्छु भनेर बबई नदी स्थित बगरमा बोलाई घाटी दबाई महिलाको हत्या गरि फरार भएको कनोहेले स्वीकार गरेको प्रहरीले जनाएको छ ।
मृतकसंग अन्तिम पटक फोन भएको, मृतक सुस्मिता र कनोहेको लोकेशन घटना स्थलमा देखिएको, प्रतिवादी थारुले प्रयोग गरेको १३ वटा सिम खोजतलासको क्रममा मिति २०८२ साउन १७ गते उनकी श्रीमति सिमा थारुलाई सम्पर्क गरि प्रहरी कार्यालयमा बोलाई सोधपुछ छाडीएको र सोही दिन बेलुका दुवै जना कोठा छोडी प्रयोग गरेको सिम कार्ड र मोबाइलसमेत फाली फरार रहेको, प्रतिवादी थारुले घटनाको समयमा प्रयोग गरेको भएका १३ सिमकार्ड मध्ये उनको श्रीमती सिमा कुमारी थारुले प्रयोग गर्ने गरेको र अन्तिम पटक प्रयोग गरेको सिमकार्डको खोल प्रतिवादीको कोठाबाट बरामद भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पक्राउ परेका थारु विस २०७१ असोज १९ गते इप्रका ढोढरीबाट चोरी मुद्दा, विस २०७१ साल पौष १८ गते इप्रका ढोढरीबाट चोरी तथा जबरजस्ती करणी उद्योगमा तीन वर्ष कैद सजाय भोगिसकेका छन् । उनलाई नियन्त्रणमा लिई फुटकर ज्यान मुद्दा परिणत गरि कर्तव्य ज्यान मुद्दामा अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डीएसपी चक्र बहादुर डमरपालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका थारुलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ ज्यान सम्बन्धि कसुर बमोजिम सजाय हुनेछ ।