कमैया महिला जागरण समाज नेपालले भव्य रुपमा मनायो १५औं स्थापना दिवस
बिहिबार, भदौ १२, २०८२ मा प्रकाशित

बर्दिया,भदौ १२ (फरकसमाचार)/ कमैया महिला जागरण समाज नेपालले १५औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । कमैया महिला जागरण समाजले बुधबार गुलरियामा एक कार्यक्रम आयोजना गरि १५औं स्थापना दिवस भव्य रुपमा मनाएको हो । साथै वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले व्यानर बाचन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । स्थापना दिवसको अवसरमा प्रजिअ पौडेल, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम र कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष कृष्णी थारुले संयुक्त रुपमा केक काटेका थिए ।

संस्थाको कार्य प्रगतिको विवरण कार्यक्रम संयोजक रमेश चौधरीले प्रस्तुतिकरण गरेका थिए । स्थापना दिवसको अवसरमा कमैया महिला जागरणले आफ्नो तीन साझेदारी संस्थालाई सम्मानित गरेको छ ।

कमैयाहरुको हकहितको लागि कमैया महिला जागरण नेपालले विगत देखि निरन्तर वकालत गरिरहेको कार्यक्रमका सहभागिहरुले मतव्यका क्रममा व्यक्त गरेका थिए । कमैयाको हक अधिकारको लागि राज्यले गर्नुपर्ने कार्य गैरसरकारी संस्थाले गरिरहेको बताउँदै सहभागिहरुले कमैया महिला जागरण समाजलाई शुभकामना दिएका थिए ।

स्थापना दिवस तथा वार्षिक साधारण सभा कार्यक्रम प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, कमैया महिला जागरण नेपालकी अध्यक्ष कृष्णी थारु, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरे, नागरिक समाज संजालकी संयोजक हिमा सुनार, राजनीतिक दलका प्रतिनिधि तथा मुक्त कमैयाका अगुवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर