मासिक लक्ष्य पुरा गर्न छोटी भन्सारलाई हम्मेहम्मे
बुधबार, माघ २९, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, माघ २८/गुलरिया छोटी भन्सार कार्यालयले मासिक लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षको साउन देखि पुससम्म एक महिनाबाहेक अन्य महिनामा भन्सारले लक्ष्य अनुसार राजश्व संकलन गरेको छैन । असोज महिनामा २४ लाख ५२ हजार राजश्व संकलन गर्ने भन्सारको लक्ष्य रहेको थियो ।

जसमा २८ लाख ७८ हजार ६ सय ९९ राजश्व संकलन भएको भन्सार कार्यालयको तथ्यांकलले देखाएको छ । भन्सारको प्रगति विवरण अनुसार अन्य महिनामा लक्ष्य भन्दा कम राजश्व संकलन भएको देखिएको छ । तस्करी नरोकिदाँ लक्ष्य अनुसार राजश्व संकलनमा चुनौती देखिएको सर्वसाधारणको गुनासो छ ।

गत वर्ष २ करोड १४ लाख राजश्व संकलन भएको गुलरिया छोटी भन्सार कार्यालयका नायव सुब्बा जिवन केसीले बताए । ‘यो नाकाबाट सामान कम आयात हुन्छ,’उनले भने,‘यस भन्सारको क्षमता भन्दा बढी लक्ष्य तोकिदाँ लक्ष्य पुरा गर्न समस्या भईरहेको छ ।’

तथ्यांक अनुसार साउन महिनामा रु २३ लाख ५४ हजार लक्ष्य रहेकोमा रु ११ लाख ७१ हजार ६ सय ८३ राजश्व संकलन भएको देखिन्छ । त्यस्तै भदौ महिनामा रु २५ लाख ८५ हजार लक्ष्य तोकिएकोमा रु २० लाख ९६ हजार १ सय १० संकलन भएको तथ्यांक छ ।

कात्तिकमा २५ लाख ९९ हजार लक्ष्य रहेकोमा १३ लाख ५५ हजार ८ सय ७० संकलन भएको छ । यस्तै मंसिरमा रु २३ लाख ८९ हजार लक्ष्य रहेकोमा रु १२ लाख २१ हजार ४ सय ३० प्रगति देखिएको छ । पुसमा रु २३ लाख १९ हजार लक्ष्य रहेकोमा रु १० लाख ७९ लाख ४ सय ७१ प्रगति भएको देखिएको छ । चालु आर्थिक वर्ष ०८२/०८३ मा रु ३ करोड १ लाख ६३ हजार राजश्व संकलन गर्ने गुलरिया छोटी भन्सार कार्यालयको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर