भारततर्फ लैजाँदै गरेका तीन बालबालिकालाई उद्दार
बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया,माघ २९/ तीन नेपाली बालबालिकालाई भारततर्फ लैजाँदै गरेको अवस्थामा भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–७ स्थित भन्सार रोड स्थितबाट मंगलबार राति ९ बजे प्रहरीले ६ जना भारतीयलाई पक्राउ गरेको हो ।

दाङ बंगलाचुलि गाउँपालिका–२ खाडाकी १५ वर्षीया र सोही ठाउँकी १३ वर्षीया बालिका रहेका छन् भने सोही पालिका वडा नंम्बर ६ का ८ वर्षीय बालकलाई उद्दार गरिएको प्रहरीले जनाएको छ । तीनै बालबालिका दाङ घोराही स्थित १५ वर्षीया बालिकाको बज्यैको घरमा बस्दै आएको खुलेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बहराईचका ७४ वर्षीया लेडी महत, उनको ३४ वर्षीय छोरा हिरालाल महत र उनकी श्रीमति २६ वर्षीया ज्ञान महत छन् । यस्तै ३५ वर्षीया सुनिता महत, २४ वर्षीय भुल्लु महत र १९ वर्षीय मुकेशमहत रहेका छन् । पक्राउ परेका भारतीय नागरिकहरु दाङ घोराही बजारमा फुलको गमला बनाउने र बेच्दै आएको खुलेको छ ।

पक्राउ परेका साथमा आफ्नै काखे बालबालिका रहेका छन् । तीन नेपाली बालबालिकालाई भारततर्फ लैजाने उदेश्य खुल्न सकेको छैन । यस विषयमा पक्राउ परेका व्यक्तिहरुसंग सोधपुछ भईरहेको डिएसपी देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर