हेभिवेटका उम्मेदवारलाई चुनावी सकस
बिहिबार, माघ ३०, २०८२ मा प्रकाशित

बर्दिया,माघ २९ / बर्दिया क्षेत्र नम्बर २ मा पुराना दलका पुराना उम्मेदवारमात्र हैन नयाँ दलका युवा उम्मेदवारहरु पनि गाउँगाउँमा आफ्ना एजेन्डा र योजना सुनाउँदै भोट मागिरहेका छन् । यहाँ नेपाली कांग्रेसबाट किशोर सिंह राठोर, नेकपा (एमाले)बाट विमला बिक, उज्यालो नेपालबाट धर्म चौधरीसहित पन्ध्र जना चुनावी प्रतिस्पर्धामा छन् । राठोर बाँकेबाट यसअघिको निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद् हुन भने एमालेबाट सामानुपातिकतर्फबाट सांसद बनेकी बिक पूर्व राज्यमन्त्री हुन् । चौधरी भने प्रदेश मन्त्री थिए । यहीँ क्षेत्रमा नेकपाका सुरेश पन्थ र स्वतन्त्र पार्टीका श्रीधर पोखरल पनि चुनावी मैदानमा छन् ।

कांग्रेस उम्मेदवार किशोर राठोर सडक, पुल र विद्यालय स्थापनाका लागि योगदान रहेको भन्दै कांग्रेस काकार्यकर्ता समक्ष दाबी गर्छन् । राठोरले विकास देखाएर जितको आकलन गरिरहेका छन् । यसअघि बाँकेबाट निर्वाचित भएका राठोर यो निर्वाचनबाट फर्किने हुन कि हैनन् भन्ने मतदातामा भर पर्ने कुरा भयो ।  पूर्वमन्त्री बिकको लोकतन्त्रमा विकास सुदृढ पार्ने एकमात्र एमाले पार्टी रहेको दाबी छ । यस्तै, रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी छाडेर उज्यालो नेपालबाट चुनावी प्रतिस्पर्धामा रहेका लुम्बिनी प्रदेशका पूर्वमन्त्री चौधरीले राजापुर क्षेत्रको थारु समुदायको बाहुल्यता रहेकाले थारु मतदाता आफ्नोतर्फ आर्कषण रहेको दाबी उनको छ ।

परिवर्तनका पक्षधर भनेर आक्रोषित रुपमा सामाजिक संजालको प्रयोगमार्फत् भोट माग्ने नेपाल स्वतन्त्र पाटीका उमेदवार श्रीधर पोखरेल चुनावी प्रतिस्पर्धामा होमिएका छन् । मूल सफा रहेकाले पोखरेललाई मतदातालाई भोट दिने भन्दै  मतदातालाई आफ्नो पोल्टामा पारिरहेका छन् । पोखरेल खासै परिचित अनुहार होईनन् ।

नेकपाका उम्मेदवार सुरेश पन्थ कोभिड देखिनै सामाजिक काममा अग्रपंन्क्तिमा देखिएको र कृषि व्यवसायले उनको अलि बढि चर्चा सुनिन्छ । क्षेत्र नम्बर २ माओवादीको आधार क्षेत्रका रुपमा चिनिने भएको र यसअघि चुनावमा नागरिक उन्मुक्ति पाटीका उम्मेदवार लालवीर थारुसँग ७० मतले पराजित उनको पनि जित हुन सक्ने आकलन छ । अव्यवस्थित बसोबासको व्यवस्थापन, जंगल छेउका वस्ती छेक्ने गरी पक्की संरचना र बर्दिया निकुन्जको तर्फबाट अतिक्रमण भएको जग्गाको २०३२ सालको नापीअनुसार रेखाकंन हुनु पर्ने उनले नेकपा पार्टीको एजेन्डाका रुपमा पन्थले उठाईरहेका छन् ।

तापक्रम उकालो लागेसँगै चुनावि सरगर्मी बढ्दै छ । मतदाता भेट्न उम्मेदवार खेतखल्यानमा पुगेको देखिन्छ । पार्टीको वडास्तरीय कार्यक्रममा उम्मेदवार सहभागी भएका तस्बिर सामाजिक संजालमार्फत सार्वजनिक भईरहेको छ । चुनावि सरगर्मीसँगै बर्दिया निर्वाचन क्षेत्र नम्बर २ मा नम सुनिएका उम्मेदवारलाई सकस देखिएको छ । बिगतमा बर्दियामा आवागमन गर्न सडक र पुल सुबिधा असहज थियो भने यति बेला वन्यजन्तुको आक्रमण पर्दा मतदाता आक्रान्त बनेका छन् । यस आर्थिक वर्ष वन्यजन्तु चितुवाबाट ७ जना, बाघबाट दुई जना र हात्तीको आक्रमणबाट एक जनाको ज्यान गईसकेको वन डिभिजनको रेर्कडमा देखिन्छ । बर्दिया निर्वाचन क्षेत्रनं. २ का कर्णाली गेरुवा भंगालोको वारी र पारी बस्छन् ।

‘पहिला गेरुवा भंगालो नदीले बाटो छेक्थ्यो, नदीले बगाउँनेत्रास थियो’ एक स्थानीय शिक्षकले भने, ‘अहिले वन्यजन्तु आक्रमणको त्रास छ, छिन भरमै ज्यानजाने होकि भन्ने डर छ ।’ स्थानीयकाअनुसार वन्यजन्तु नियमन र नियन्त्रणका लागि ठोस योजना अघिल्ला सरकारसँग नहुँदा पुराना दलका पुराना उम्मेदवार अघि परिस्थिति असहज देखिएको अनुमान छ ।

निर्वाचन क्षेत्रनं.२ मा १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा छन् । यहाँ १८ जनाले मनोनयन दर्ता गरेपनि दुई जनाले उम्मेदवरी फिर्ता लिएका छन् भने एक जनाको उम्मेदवारी खारेज भएको छ । यो निर्वाचन क्षेत्रमा एक लाख ५५ हजार दुई सय ३२ मतदाता छन् ।स्रोत नागरिकन्युज

प्रतिक्रिया

सम्बन्धित खवर