बिहिबार, बैशाख ११, २०७७
मा प्रकाशित
0
Shares
काठमाडौं, वैशाख ११ : ओम सुनारको स्वर, शव्द र संगीतमा नयाँ गीत ‘सलाम छ‘ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
ज्ञात अज्ञात सम्पूर्ण राष्ट्र सेवकहरुलाई सलाम छ भनिएको गीतको भिडियोमा उत्तम केसी, अनु पराजुली, चन्दु ताम्राकार, गणेश गिरी, दिवस धिताल, श्रवण खडका, दिपेश गौतम, ज्याक श्रेष्ठ, राजु शाह, प्रकाश केसी, रामजी लामिछाने, सोनु खत्री, उत्सव केसी, खुमबहादुर सुनार, घनश्याम खतिवडा, प्रमोद भारद्वाज, सिवम अधिकारी, ध्रुव दत्तलगायतका कलाकारको अभिनय रहेको छ ।
गीतको भिडियोमा नरेश बीबीसीको मिक्सिङ र मिराज अर्यालको सम्पादन रहेको छ । ‘राष्ट्र सेवकहरुलाई सलाम गरौं, उहाँहरुको कार्यलाई सम्मान गरौं’ भन्ने प्रमुख भाव गीतले बोकेको छ ।

