फरार प्रतिवादी पक्राउ
मङ्गलबार, माघ २८, २०८२ मा प्रकाशित

बर्दिया,माघ २७(फरकसमाचार)/ लागू औषध कसुरका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मधुवन नगरपालिका–८ का गाउँ नंम्बर ६ का ३० वर्षीय दोर्णराज गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।

अदालतले विस २०८० साल असार २० गते लागू औषध मुद्दामा गुरुङलाई ९ महिना १० दिन कैद सजाय तोकेको थियो ।

अदालतले सजाय तोके देखि गुरुङ फरार रहेका थिए । मधुवन नगरपालिका–७ गंगाबस्ति स्थित लुकिछिपि बसिरहेको अवस्थामा गुरुङलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि अदालतमा बुझाएको डिएसपी देबेन्द्र कुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर