समस्याग्रस्त चितुवा नियन्त्रणमा
बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

अभिनव कुमार पाठक

बर्दिया, फागुन ७/ समस्याग्रस्त चितुवालाई डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ । बारबर्दिया नगरपालिका–१० स्थित महतनिया सामुदायिक वनबाट डिभिजन वन कार्यालयले बुधबार समस्याग्रस्त चितुवालाई नियन्त्रणमा लिएको हो ।

थापिएको केजमा चितुवा परेको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए । समस्याग्रस्त चितुवा नियन्त्रण लिन हामीले ठाउँ ठाउँमा केजहरू थापेको उनले जनाए ।

पछिल्लो समयमा चितुवाको आक्रमण बढ्दो छ । आक्रमण बढेपछि सर्वसाधारण त्रसित बनेका छन् । चालु आर्थिक वर्षको साउन यता चितुवाको आक्रमणबाट सात जनाको ज्यान गईसकेको डिभिजन वन कार्यालयको तथ्यांकले पुष्टि गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर